तमू समाज मलेसियाद्वारा त–ल्हो (घोडा वर्ग) २०८२ को ल्होसार सांस्कृतिक कार्यक्रम भव्य रूपमा मनाइने

0Shares

तमू समाज मलेसियाद्वारा त–ल्हो (घोडा वर्ग) २०८२ को ल्होसार सांस्कृतिक कार्यक्रम भव्य रूपमा मनाइने

क्वालालम्पुर । तमू समाज मलेसियाले आउँदै गरेको तमू समुदायको महान पर्व तथा राष्ट्रिय पर्व तमू ल्होसार २०८२ को अवसरमा आयोजना गर्न लागेको त–ल्हो (घोडा वर्ग) ल्होसार सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

तमू ल्होसारको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनु भएका समस्त तमू तथा गैर–तमू बुबा, आमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवं दीर्घायुको कामना गर्दै तमू समाज मलेसियाले हार्दिक मंगलमय शुभकामना (अशिमाला) व्यक्त गरेको छ।

यसै अवसरमा त–ल्हो (घोडा वर्ग) २०८२ लाई भव्य रूपमा मनाउने उद्देश्यसहित तमू समाज मलेसियाले सन् २०२६ जनवरी ४ तारिख, आइतबारका दिन मलेसियाको राजधानी क्वालालम्पुरस्थित WISMA ANN KOAI होटलमा विविध सांस्कृतिक कार्यक्रमसहित ल्होसार समारोह आयोजना गर्ने निर्णय गरेको हो।

कार्यक्रममा तमू समुदायको मौलिक संस्कृति, परम्परा, भेषभूषा, नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरू रहने जनाइएको छ। तमू समाज मलेसियाले मलेसियामा रहनु भएका सम्पूर्ण तमू तथा गैर–तमू नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।

कार्यक्रम विवरण

मिति: ४ जनवरी २०२६
समय: बिहान ११:०० बजे देखि साँझ ६:०० बजे सम्म
स्थान: WISMA ANN KOAI होटल, क्वालालम्पुर, मलेसिया


Leave a Reply

Your email address will not be published. Required fields are marked *