नेपाल थामी समाज मलेसियाको दोस्रो भौतिक बैठक कोलालम्पुर र जोहोरबारुमा भव्यतापूर्वक सम्पन्न

0Shares

नेपाल थामी समाज मलेसियाको दोस्रो भौतिक बैठक सम्पन्नकोलालम्पुर र जोहोरबारु दुवै स्थानमा भव्य र सभ्य वातावरणमा सम्पन्न

थाङ्मीचागु डटकम | मलेसिया २०८२ साल कार्तिक २४ गते (२०२५ नोभेम्बर ९)

नेपाल थामी समाज मलेसियाको दोस्रो भौतिक बैठक यस वर्ष मलेसियाका दुई प्रमुख सहर — कोलालम्पुर र जोहोरबारुमा भव्य र सभ्य वातावरणमा सम्पन्न भएको छ।

जोहोरबारुको सभाको अध्यक्षता समाजका केन्द्रीय अध्यक्ष सन्तोष ठान्टी थाङ्मी ज्यूले गर्नुभएको थियो भने, कोलालम्पुरको सभाको अध्यक्षता समाजका केन्द्रीय सदस्य तथा कोलालम्पुर इन्चार्ज पल ठान्टी थाङ्मी ज्यूले गर्नुभएको थियो।

कोलालम्पुर सभाका प्रमुख अतिथि नेपाल थामी समाज मलेसियाका केन्द्रीय कोषाध्यक्ष निरबहादुर थाङ्मी ज्यू रहनुभएको थियो। सो कार्यक्रमको सञ्चालन समाजका केन्द्रीय उपाध्यक्ष सुजन थाङ्मी ज्यूले गर्नुभएको थियो।

त्यसैगरी, जोहोरबारु सभाका प्रमुख अतिथिका रूपमा केन्द्रीय सञ्चार संयोजक ओम थाङ्मी ज्यू उपस्थित रहनुभएको थियो। कार्यक्रममा केन्द्रीय सदस्य तथा थाङ्मीचागु डटकमका संवाददाता प्रजल हारबाजु थाङ्मीले समेत विशेष भूमिका निर्वाह गर्नुभएको थियो।

दुवै स्थानमा गरी करिब ८० प्रतिशत केन्द्रीय सदस्यहरूको उल्लेखनीय उपस्थितिले बैठकलाई थप उत्साहपूर्ण, सशक्त र प्रभावकारी बनाएको थियो।

बैठकका प्रमुख निर्णयहरू

१. नेपाल थामी समाज मलेसियाद्वारा आयोजित किराती थाङ्मी समुदायको महान् पर्व “उधौली भूमिमा” यस वर्ष डिसेम्बर १४ गतेका दिन मलेसियाको राजधानी कोलालम्पुरमा भव्य र सभ्यतापूर्वक मनाइने निर्णय सर्वसम्मत रूपमा पारित गरिएको छ।

२. समाजको केन्द्रीय समिति २१ सदस्यीय रहेको हुँदा सम्पूर्ण सदस्यहरूले मासिक लेवी अनिवार्य रूपमा उठाउनुपर्ने निर्णय पनि सर्वसम्मत रूपमा पारित गरिएको छ।

३. थाङ्मी समुदायलाई अझ संगठित, सक्रिय र प्रभावकारी बनाउँदै, मलेसियाभर श्रमरत सम्पूर्ण श्रमजीवी थाङ्मी दाजुभाइ तथा दिदीबहिनीहरूलाई नेपाल थामी समाज मलेसियामा आबद्ध हुन विशेष आह्वान गर्ने निर्णय समेत पारित गरिएको छ।

बैठकले आगामी दिनमा प्रवासी थाङ्मी समुदायबीच एकता, सहकार्य र सांस्कृतिक पहिचान संरक्षणमा जोड दिने निष्कर्ष निकालेको छ।
नेपाल थामी समाज मलेसियाले प्रवासी भूमि मलेसियामै रहँदा पनि थाङ्मी संस्कृतिको गौरव र आत्मपहिचानलाई जीवित राख्ने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

मिति: २०८२ साल कार्तिक २४ गते (२०२५ नोभेम्बर ९)
स्थान: कोलालम्पुर र जोहोरबारु, मलेसिया
रिपोर्टिङ्: प्रजल हारबाजु थाङ्मी
स्रोत: नेपाल थामी समाज मलेसिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *