मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
रविको बयानबीच रास्वपामा पार्टी प्रवेशको लहर
रविको बयानबीच रास्वपामा पार्टी प्रवेशको लहर
थाङमिचागु डटकम संवाददाता

काठमाडौं, कार्तिक २० ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सिंहदरबारमा बयान दिइरहेका बेला पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा भने पार्टी प्रवेशको लहर देखिएको छ।
बिहीबार दिनभर रास्वपाको बनस्थलीस्थित कार्यालयमा विभिन्न राजनीतिक दलमा आबद्ध नेता, कार्यकर्ता र ट्रेड युनियन महासंघका प्रतिनिधिहरू समूहगत रूपमा पार्टीमा प्रवेश गरेका छन्।
रास्वपामा प्रवेश गर्नेहरूले भनेका छन्,
देशमा पारदर्शी र उत्तरदायी राजनीतिक नेतृत्वको आवश्यकता भएकाले हामी रास्वपाको नीतिप्रति आकर्षित भएका हौं।”
कार्यक्रममा उपस्थित नेताहरूले यो प्रवेशको क्रम आगामी निर्वाचनसम्म निरन्तर रहने विश्वास व्यक्त गरेका छन्।
एक नेताले भनेयदि यही गति कायम रह्यो भने आगामी चुनावसम्म देशमा ठूलो राजनीतिक परिवर्तनको संकेत देखिन्छ।
पार्टीका अनुसार देशका विभिन्न प्रदेश र स्थानीय तहहरूमा समेत नयाँ सदस्य प्रवेश कार्यक्रमको तयारी भइरहेको छ।
बनस्थलीस्थित प्रवेश कार्यक्रम उपसभापति डिपि अर्यालको संयोजनमा सम्पन्न भएको हो, जहाँ पार्टीमा प्रवेश गर्नेहरूलाई ब्याज लगाएर सम्मान गरिएको थियो।




