नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
श्री कालिञ्चोक माध्यमिक विद्यालय, थाङ्मीचागुमा अतिरिक्त गतिविधि कार्यक्रम सम्पन्न
श्री कालिञ्चोक माध्यमिक विद्यालय, थाङ्मीचागुमा अतिरिक्त गतिविधि कार्यक्रम सम्पन्न
थाङमिचागु डटकम संवाददाता

दोलखाको थाङ्मीचागुस्थित श्री कालिञ्चोक माध्यमिक विद्यालयमा आज (शुक्रबार) विविध अतिरिक्त शैक्षिक तथा खेलकुद गतिविधि कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।
कार्यक्रम अन्तर्गत गुच्चा दौड, भलिबल, हाजिरीजवाफ, वक्तृत्वकला, चित्रकला र दौड प्रतियोगिता जस्ता विभिन्न प्रतिस्पर्धात्मक गतिविधिहरू आयोजना गरिएको थियो।
कार्यक्रमको नेतृत्व विद्यालयका प्रधानाध्यापक टप बहादुर राहुलले गर्नुभएको थियो भने, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यार्थीहरूको जोश, अनुशासन र प्रतिस्पर्धात्मक भावना प्रशंसनीय रहेको विद्यालय प्रशासनले जनाएको छ।
विजयी विद्यार्थीहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको छ। साथै, सबै सहभागी विद्यार्थीहरूलाई उत्साहजनक सहभागिता र भविष्यमा अझ राम्रो प्रगतिको शुभकामना व्यक्त गरिएको छ।
प्रधानाध्यापक राहुलले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शैक्षिक सँगै खेलकुद र सृजनात्मक गतिविधिमा सहभागिता अत्यावश्यक रहेको बताउँदै, आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र नियमित रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो।





