विदेशमा पसिना बगाउने नेपालीका लागि सन्देश जोहोरमा श्रम नवीकरण सचेतना अभियान सफल ।।।

0Shares

“विदेशमा पसिना बगाउने नेपालीका लागि सन्देश — जोहोरमा श्रम नवीकरण सचेतना अभियान सफल”

२६ अक्टोबर २०२५ | जोहोरबारु, मलेसिया
थाङ्मीचागु डट कम


मलेसियामा कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै PNCC–ILO Project अन्तर्गत सञ्चालित Outreach Program “MIRIDEW” मार्फत अनलाइन श्रम नवीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम जोहोर राज्यको कुलाईमा सफलतापूर्वक सम्पन्न गरिएको छ।

आईतबार सम्पन्न उक्त कार्यक्रममा Foreign Employment Information Management System (FEIMS) मार्फत श्रम नवीकरणको प्रक्रिया, यसको महत्व, फाइदा र व्यावहारिक पक्षबारे विस्तृत रूपमा जानकारी प्रदान गरिएको थियो।

कार्यक्रम PNCC का Outreach Officer सुरेन्द्र महतोको संयोजनमा र राजु तामाङको सहजीकरणमा सम्पन्न भएको हो।
उक्त कार्यक्रममा विभिन्न कम्पनीमा कार्यरत करिब ३५ जना नेपाली श्रमिकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

सहभागीहरूलाई अनलाइन श्रम नवीकरणका सुविधा, समयमै नवीकरण नगर्दा हुन सक्ने जोखिम, साथै सुरक्षित वैदेशिक रोजगारीका उपायहरूबारे उपयोगी जानकारीहरू प्रदान गरिएको थियो।

आयोजकहरूले जनाएअनुसार, यस कार्यक्रमले मलेसियामा रहेका नेपाली श्रमिकबीच श्रम नवीकरणबारे सचेतना अभिवृद्धि गर्ने र उनीहरूको अधिकार सुरक्षामा ठोस योगदान पुर्‍याएको छ।


श्रेणी: समाचार / सूचना–प्रविधि
थाङ्मीचागु डट कम |


Leave a Reply

Your email address will not be published. Required fields are marked *