श्री कालिञ्चोक माध्यमिक विद्यालय थाङ्मीचागुमा पुस्तकालय उद्घाटन तथा विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन
2026-01-11नेपाली राजदूतावास मलेसिया, नेपाल थामी समाज मलेसिया र नेपाल आदिवासी जनजाति महासंघको समन्वयमा मनबहादुर थामी स्वदेश फिर्ता
2026-01-11नेपाली दूतावास र एनआरएनए मलेसिया उपाध्यक्ष बालध्वज लिम्बूको सहयोगमा नासिर मियाको सफल उद्धार
2026-01-09
जोहोरमा आदिवासी जनजाति महासंघको दोस्रो भौतिक बैठक र प्रशिक्षण कार्यक्रमको तयारी पूरा
जोहोरमा आदिवासी जनजाति महासंघको दोस्रो भौतिक बैठक र प्रशिक्षण कार्यक्रमको तयारी पूरा
थाङ्मीचागु डटकम संवाददाता, जोहोर
अक्टोबर १६ | जोहोर, मलेसिया
“आदिवासी जनजातिको अधिकार, समानता र पहिचान हाम्रो अभियान” भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ, क्षेत्रीय समिति जोहोरले आफ्नो दोस्रो भौतिक बैठक तथा बृहत् प्रशिक्षण कार्यक्रम गर्न लागेको छ।
कार्यक्रम अक्टोबर १९, २०२५ (आइतबार) का दिन बिहान ११:०० बजे, NRNA जोहोरको सभा हल, लार्किङ (Grab Location: @Susur Mart) मा सुरु हुने जनाइएको छ।
महासंघका पदाधिकारी, सल्लाहकार, सदस्यहरू साथै विभिन्न समुदायका प्रतिनिधिहरूको सहभागितासहित कार्यक्रम सम्पन्न हुने बताइएको छ।
कार्यक्रममा संगठन सुदृढीकरण, सदस्य प्रशिक्षण, र आगामी योजनाहरूको प्रस्तुति तथा छलफल प्रमुख एजेन्डा रहने छन्।
नेपाल आदिवासी जनजाति महासंघ, जोहोरका अनुसार,
यो कार्यक्रमले मलेसियास्थित आदिवासी जनजाति समुदायबीच एकता, चेतना र पहिचानको अभियानलाई थप सबल र सशक्त बनाउने लक्ष्य लिएको छ।
थाङ्मीचागु डटकम (TCFD)
समुदायको आवाज, पहिचानको अभियान





