तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07पारिश्रमिक बढाउने तयारी, विदेशी कामदारलाई समावेश नगर्न माग !!!
2026-10-07
दशैं पुर्खामाथि भएको अन्यायको प्रतीक — मंगोल समुदायद्वारा कालो टिका लगाएर बहिष्कार
दशैं पुर्खामाथि भएको अन्यायको प्रतीक — मंगोल समुदायद्वारा कालो टिका लगाएर बहिष्कार
मिति : २०८२ असोज १७ गते, शुक्रबार
काठमाडौं ।
मंगोल नेशनल अर्गनाइजेशन (MNO) ले यस वर्षको विजयादशमीलाई कालो टिका लगाएर बहिष्कार गरेको छ। संगठनले दशैंलाई पुर्खामाथि भएको ऐतिहासिक षड्यन्त्र र हिंसाको परिणामका रूपमा स्मरण गर्दै यसलाई “कालो दिन” को रूपमा व्याख्या गरेको हो।
वि.सं. १६१६ भदौ २५ गते तत्कालीन मंगोल पुर्खाको हत्या र त्यसपछिको विजय उत्सवकै निरन्तरता स्वरूप दशैं सुरु भएको दाबी गर्दै, संगठनले “आफ्नो पुर्खाको रगतमा रमाउनु आत्मसम्मान विपरीत हो” भन्ने धारणा राखेको छ।
संविधानले नागरिकलाई धर्म स्वतन्त्रताको अधिकार दिएको हुँदा,
कोहीले दशैंलाई धार्मिक आस्थाका रूपमा मनाउन सक्नेछन्,
भने कोहीले ऐतिहासिक कारण देखाउँदै बहिष्कार गर्न सक्नेछन्।
थाङ्मीचागु डटकमको दृष्टि :
“दशैं कसैको आस्था हो, कसैको पीडा। सम्मान र सहअस्तित्वले मात्र समाजलाई न्यायसंगत बनाउन सक्छ।”





