मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
दोलखा कालिन्चोकमा ४४ जना कृषकलाई प्लास्टिक टनेल वितरण
दोलखा कालिन्चोकमा ४४ जना कृषकलाई प्लास्टिक टनेल वितरण
थाङमिचागु डटकम संवाददाता

दोलखा, कालिन्चोक ।
नेवा फाउन्डेसन नेदरल्यान्डको आर्थिक सहयोग र कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रको आयोजनामा, स्रोत तथा शिक्षामा सामुदायिक अग्रता CARE परियोजना अन्तर्गत कालिन्चोक गाउँपालिका–१ का ४४ जना कृषक सदस्यहरूलाई प्लास्टिक टनेल, तरकारी बीउविजन, हजारी र एल्लो स्टिकी ट्राप वितरण गरिएको छ ।
कार्यक्रममा नामसालिङ सामुदायिक विकास केन्द्र दोलखाका जिल्ला संयोजक राजन क्षेत्रीको प्रमुख उपस्थिती रहेको थियो ।
सहयोग कार्यक्रमले स्थानीय कृषकलाई आधुनिक कृषि अभ्यासमा प्रोत्साहन गर्ने र आत्मनिर्भरता बढाउने अपेक्षा गरिएको छ ।
यस अमूल्य सहयोगका लागि आयोजकहरूले Ineke Kroes म्याम र योगी कायस्थ सरलाई विशेष धन्यवाद ज्ञापन गरेका छन् । साथै आगामी दिनहरूमा पनि निरन्तर सहयोग रहने विश्वास व्यक्त गरिएको छ ।





