दोलखामा प्रदेश सरकारको बोर्ड राजनीति सेवा भने ठप्प
2026-09-08भोटेकोसी बाढी प्रभावित बालबालिकाका लागि सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा
2026-09-08
दोलखाको थाङ्मीचाँगुमा लैङ्गिक हिंसा रोकथामसम्बन्धी तालिम सम्पन्न
दोलखाको थाङ्मीचाँगुमा लैङ्गिक हिंसा रोकथामसम्बन्धी तालिम सम्पन्न
दोलखा, असोज ३ ।
महिला तथा बालबालिकाको सरोकार तथा जीवनस्तर सुधार परियोजना (ओसेलिन) दोलखाको आयोजनामा बिगु गाउँपालिका–८, थाङ्मीचाँगुमा एकदिने लैङ्गिक हिंसा रोकथामसम्बन्धी तालिम सम्पन्न भएको छ।
कार्यक्रममा टुकी सिविन स्रोत केन्द्रका सह–व्यवस्थापक रामचन्द्र श्रेष्ठ, शिक्षा तथा सामाजिक अधिकृत विष्णु सुवेदी, सामाजिक परिचालक तिर्थबहादुर थामी साथै नेकपा एमाले स्थायी समिति सदस्य तथा अध्यक्ष बिक्रम ठान्टी अतिथिका रुपमा सहभागी हुनु भएको थियो।
तालिममा लैङ्गिक समानता, महिला अधिकार, बालबालिकाको संरक्षण तथा सामाजिक उत्तरदायित्वका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूलाई लैङ्गिक हिंसाका रूप, कारण र समाधानका उपायबारे व्यवहारिक अभ्याससहित जानकारी दिइएको आयोजकले जनाएको छ।
कार्यक्रममा स्थानीय महिला समूह, आमा समूह, युवा तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
यस तालिमले समुदायस्तरमा हुने लैङ्गिक हिंसा नियन्त्रणमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरिएको छ।





