राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
खुला भलिबल प्रतियोगिता सम्पन्न : गोर्खाली भलिबल टिम प्रथम, ओखलढुंगा युवा क्लब द्वितीय
३० भाद्र २०८२, सोमबार
मलेसिया जोहोरमा सम्पन्न खुला भलिबल प्रतियोगिता : गोर्खाली भलिबल टिम च्याम्पियन, कुल १५ टिमको सहभागिता
मलेसिया, जोहोर । मलेसियामा सेप्टेम्बर १४ र १५ तारिखका दिन भव्यतापूर्वक सम्पन्न भएको खुला भलिबल प्रतियोगितामा गोर्खाली भलिबल टिम विजयी हुँदै च्याम्पियन बनेको छ ।
दुई दिनसम्म चलेको उक्त प्रतियोगितामा आयोजक ओखलढुंगा युवा क्लब उपविजेता बनेको छ भने तेस्रो स्थान कुलुवाङ भलिबल टिमले हात पारेको छ ।
विजेता गोर्खाली भलिबल टिमलाई उपाधिसहित नगद RM ३,५००, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । द्वितीय हुने ओखलढुंगा युवा क्लबले नगद RM २,५००, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने तृतीय हुने कुलुवाङ भलिबल टिमलाई नगद RM १,५००, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
विधागत उत्कृष्टता पुरस्कार
प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कारहरू पनि प्रदान गरिएको थियो :
- बेष्ट सेटर : गोपाल थापा मगर (ओखलढुंगा युवा क्लब A)
- बेष्ट लिबोरो : लक्ष्मण थापा मगर (ओखलढुंगा युवा क्लब A)
- बेष्ट स्पाइकर : राजेन्द्र बम (कुलुवाङ भलिबल टिम)
- बेष्ट ब्लकर : रवि थापा मगर (गोर्खाली भलिबल टिम)
- बेष्ट प्लेयर : आलाप श्रेष्ठ (गोर्खाली भलिबल टिम)
खेलमैत्री भावना र एकता
प्रतियोगिताले खेलाडीबीच आपसी सहयोग, अनुशासन र खेलमैत्री भावना अभिवृद्धि गर्नुका साथै मलेसियामा बसोबास गर्ने नेपाली समुदायबीच एकता र सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजक ओखलढुंगा युवा क्लबले जनाएको छ ।
साथै, प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण खेलप्रेमी, प्रायोजक, अतिथि तथा उपस्थित दर्शकहरूलाई आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छन ।




