कुलमान घिसिङको पहिलो निर्णय : डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता असुल्न निर्देशन

0Shares

कुलमान घिसिङको पहिलो निर्णय : डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता असुल्न निर्देशन

थाङमिचागु डटकम संवाददाता

काठमाडौं : नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेलगत्तै नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता रकम असुल्न निर्देशन दिनुभएको छ।

सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री घिसिङले उद्योगहरूबाट विद्युत महशुल उठाउने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो। नेपाल आर्थिक तथा राजनीतिक सङ्कटमा रहेका बेला व्यवसायी, देशभित्र र बाहिर रहेका नेपालीले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले यो कदम चालेका हुन्।

विशेष परिस्थितिमा बनेको अन्तरिम सरकारको दायित्व स्मरण गर्दै मन्त्री घिसिङले समृद्धि, स्थायित्व र पुनःनिर्माणलाई प्राथमिकतामा राखी द्रुत गतिमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

उहाँले सार्वजनिक संरचनाको क्षतिको तत्काल मूल्याङ्कन गरी पुनःनिर्माण अघि बढाउने, अर्थमन्त्रालयको सहमतिमा विशेष कोष स्थापना गर्ने तथा आफूले पाउने सम्पूर्ण पारिश्रमिक त्यहीँ कोषमा जम्मा गर्ने घोषणा गर्नुभयो।

त्यसैगरी, उहाँले भ्रष्टाचार नियन्त्रण, सुशासनको कार्यान्वयन र जेनजी आन्दोलनका मागलाई सार्थक बनाउन विशेष ध्यान दिने प्रतिवद्धता समेत जनाउनुभएको छ।

मन्त्री घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइसँगै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *