राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
Saturday, July 11, 2026
जेनजी आन्दोलनका सहिद परिवारलाई १५ लाख क्षतिपूर्ति
जेनजी आन्दोलनका सहिद परिवारलाई १५ लाख क्षतिपूर्ति
थाङमिचागु डटकम संवाददाता

काठमाडौं : सरकारले जेनजी आन्दोलनमा मृत्यु भएका परिवारलाई १५ लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकलाई सहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको हो।
गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालका अनुसार, यसअघि मृतक परिवारलाई दिइँदै आएको १० लाखमा थप ५ लाख जोडेर कुल १५ लाख क्षतिपूर्ति दिने निर्णय भएको हो।
यसबाहेक, सरकारकाे निर्णयअनुसार मृतकको शवलाई सम्बन्धित स्थानमा पुर्याउन सहजीकरण गर्ने व्यवस्था मिलाइने छ।




