जेनजी आन्दोलनका सहिद परिवारलाई १५ लाख क्षतिपूर्ति

0Shares

जेनजी आन्दोलनका सहिद परिवारलाई १५ लाख क्षतिपूर्ति

थाङमिचागु डटकम संवाददाता

काठमाडौं : सरकारले जेनजी आन्दोलनमा मृत्यु भएका परिवारलाई १५ लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकलाई सहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको हो।

गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालका अनुसार, यसअघि मृतक परिवारलाई दिइँदै आएको १० लाखमा थप ५ लाख जोडेर कुल १५ लाख क्षतिपूर्ति दिने निर्णय भएको हो।

यसबाहेक, सरकारकाे निर्णयअनुसार मृतकको शवलाई सम्बन्धित स्थानमा पुर्‍याउन सहजीकरण गर्ने व्यवस्था मिलाइने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *