मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
मोना मलेसियाको तेस्रो महाधिवेशन सम्पन्न, अध्यक्षमा प्रकाश केसी निर्वाचित
मोना मलेसियाको तेस्रो महाधिवेशन सम्पन्न, अध्यक्षमा प्रकाश केसी निर्वाचित
भदौ २९, २०८२ | क्वालालम्पुर
क्वालालम्पुर। म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति (मोना) मलेसियाको तेस्रो महाधिवेशन १४ सेप्टेम्बर २०२५ आइतबार भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै प्रकाश केसीलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ।
नयाँ नेतृत्वमा निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई विभिन्न संघ–संस्था, अग्रज तथा शुभेच्छुकहरूले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। कार्यक्रममा उपस्थित हुन नसकेका प्रवासी नेपालीहरूले समेत सामाजिक सञ्जालमार्फत नयाँ कार्यसमितिलाई समर्थन र शुभेच्छा व्यक्त गरेका छन्।
नयाँ कार्यसमिति :
- अध्यक्ष : प्रकाश केसी
- वरिष्ठ उपाध्यक्ष : सन्तोष सरगम खाती
- उपाध्यक्ष : संजय साही, जोग लाल पुन
- महासचिव : केश रोका मगर
- सचिव : बिकास रोका
- सह–सचिव : टोक नाथ रिजाल
- कोषाध्यक्ष : दुर्गा रोका मगर
- सह–कोषाध्यक्ष : मिलन बोहोरा
- महिला उपाध्यक्ष : रेजिना गुरुङ
- सदस्यहरू : आकाश वर्देवा, बिकास बोहरा, दिनेश घर्ती, बिकास श्रीपाली, लोक बहादुर बोहरा, जय बहादुर शिरीष मगर
महाधिवेशनले मोना मलेसियालाई अझ व्यवस्थित, सबल र सक्षम बनाउँदै प्रवासी म्याग्दी समाजलाई सामाजिक सेवा, सहयोग र एकताको धरोहरका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाएको छ।
रिपोर्टिङ : थाङ्मीचागु डटकम समाचार डेस्क
नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिन कमेन्टमा आफ्नो विचार लेख्न नभुल्नुहोस्।





