सामाजिक सञ्जाल सूचीकरणको सात दिनको म्याद आज सकिँदै

0Shares

सामाजिक सञ्जाल सूचीकरणको सात दिनको म्याद आज सकिँदै

थाङमिचागु डटकम संवाददाता

काठमाडौं । सरकारले सामाजिक सञ्जाल सूचीकरणका लागि दिएको सात दिनको म्याद आज (बुधबार) राति १२ बजे सकिँदैछ। सामाजिक सञ्जाल सञ्चालन गर्न इच्छुक संस्थाहरूले सो अवधिभित्र अनिवार्य रूपमा आफ्नो विवरण मन्त्रालयमा दर्ता गराउनु पर्ने प्रावधान रहेको छ।

सूचीकरणमा नआउने सामाजिक सञ्जालको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भोलि (बिहीबार) आन्तरिक छलफल गरी आवश्यक निर्णय गर्ने तयारी गरेको जनाएको छ।

सरकारले सामाजिक सञ्जाललाई नियमनमा ल्याउन, पारदर्शिता सुनिश्चित गर्न र दुरुपयोग नियन्त्रण गर्ने उद्देश्यले सूचीकरण प्रक्रिया अघि बढाएको हो। तर, केही सञ्जाल सञ्चालकहरूले कानुनी अस्पष्टता र प्राविधिक चुनौतीहरू कारण समयमै सूचीकरण गर्न नसक्ने चिन्ता व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *