राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
Saturday, July 11, 2026
कालिन्चोकमा किवी पकेट क्षेत्रको अनुगमन सम्पन्न
कालिन्चोकमा किवी पकेट क्षेत्रको अनुगमन सम्पन्न
थाङमिचागु डटकम संवाददाता

दोलखा, कालिन्चोक — नामसालिङ सामुदायिक विकास केन्द्र र कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत कालिन्चोक गाउँपालिका–१ मा स्थापना गरिएको भित्रीखर्क किवी पकेट क्षेत्रको अनुगमन सम्पन्न भएको छ।
गत वर्ष सो क्षेत्रमा करिब ४,००० किवीका थाङ्ग्रा डबल पोल सिस्टममार्फत निर्माण गरी प्राविधिक सहयोग र सल्लाह प्रदान गरिएको थियो। त्यसको परिणामस्वरूप यस वर्ष अघिल्लो वर्षको तुलनामा किवी फलको उत्पादन उल्लेख्य मात्रामा वृद्धि भएको अनुगमनमा पाइएको छ।
अनुगमनमा सहभागी कृषि प्राविधिक अस्मिता बस्नेतका अनुसार प्राविधिक व्यवस्थापन र किसानहरूको निरन्तर मेहनतले उत्पादनमा सकारात्मक नतिजा ल्याएको हो।




