राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
दोलखाको वैतेश्वर गाउँबाट वार्षिक एक करोड बढीको गोलभेँडा उत्पादन
दोलखाको वैतेश्वर गाउँबाट वार्षिक एक करोड बढीको गोलभेँडा उत्पादन
थाङमिचागु डटकम संवाददाता

दोलखा — जिल्लाको वैतेश्वर गाउँपालिका–४, काब्रे उनियाचौरका स्थानीय किसानहरूले गोलभेँडा खेतीलाई आय–आर्जनको मुख्य आधार बनाएका छन्। करिब १७/१८ घरपरिवार बसोबास गर्ने यस गाउँमा हाल करिब २०० भन्दा बढी प्लास्टिक टनेलमार्फत गोलभेँडा खेती भइरहेको छ।
स्थानीय कृषकहरूका अनुसार गाउँमै वार्षिक करिब एक करोड १० लाख रुपैयाँ बराबरको गोलभेँडा बिक्री हुने गरेको छ। विशेषगरी मौसमी तथा बेमौसमी गरेर वर्षमा दुई सिजन गोलभेँडा उत्पादन हुँदै आएको छ।
गाउँकै पुराना कृषक चन्द्रबहादुर दाहालका अनुसार दुई दशकअघि भारतमा मजदुरी गर्न गएका उनी फर्केर गाउँमै गोलभेँडा खेती सुरु गरेका थिए। २०६२ सालमा दुई वटा टनेलबाट सुरुवात गरेका दाहालसँग अहिले ३० वटा टनेल छन्। उनले वार्षिक लाखौँ आम्दानी गर्दै आएका छन्।
“पहिले सिँचाइको सुविधा नहुँदा उत्पादन सीमित थियो,” दाहालले भने, “गाउँपालिकाले खानेपानी र सिँचाइको व्यवस्था गरेपछि अहिले उत्पादनमा उल्लेख्य वृद्धि भएको छ।”
गाउँका किसानहरूले उत्पादित गोलभेँडा मुख्यत: चरिकोट, जिरी, मैनापोखरी र रामेछापको मन्थली बजारमा बिक्री गर्दै आएका छन्। स्थानीयहरूका अनुसार हाल उत्पादन हुने गोलभेँडा अर्ग्यानिक र विषादीमुक्त भएकाले बजारमा सहजै माग हुने गरेको छ।
गत वर्ष करिब एक करोड रुपैयाँको बिक्री गरेको गाउँले कृषकहरूले यस वर्ष त्यसभन्दा बढी आम्दानी गर्ने लक्ष्य लिएका छन्।




