बाढीपछि अवरुद्ध देवीघाटमा सेनाले बनायो पुल पर्सिदेखि सवारी चल्ने
2026-09-10ग्यास उद्योगमाथि उद्योगमन्त्री यादवको कडा प्रहार ५८ वटा उद्योग आवश्यक छैन
2026-09-10
बरिष्ठ लोकगायिका इन्दिरा गोलेको निधन, संगीत क्षेत्रमा अपूरणीय क्षति!!!
बरिष्ठ लोकगायिका इन्दिरा गोलेको निधन, संगीत क्षेत्रमा अपूरणीय क्षति
कुर्दिस्तान, इराक –
नेपाल तामाङ कलाकार संघकी संस्थापक उपाध्यक्ष, पूर्वअध्यक्ष तथा सल्लाहकारसमेत रहनुभएकी बरिष्ठ गायिका इन्दिरा गोलेको असामयिक निधन भएको छ। उहाँको निधनले तामाङ सेलो तथा नेपाली लोकसंगीत क्षेत्र गम्भीर शोकमा डुबेको छ।
२०२३ कार्तिक ३ गते जन्मनुभएकी गोलेले आफ्नो जीवनकालमा तामाङ समुदायको सांस्कृतिक पहिचान र नेपाली लोकसंगीतको समृद्धि अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो। उहाँका थुप्रै अमर गीतहरूले नेपाली संगीत क्षेत्रलाई नयाँ दिशा दिएको सर्वविदित तथ्य हो।
२०८२ भाद्र १८ गते स्वर्गारोहण गर्नुभएकी उहाँको निधनले नेपालमा मात्र नभई विश्वभरका नेपालीमा गहिरो पीडा पुर्याएको छ। नेपाल तामाङ कलाकार संघले गोलेको निधनप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ।
संघले एक विज्ञप्ति जारी गर्दै भनिएको छ– “उहाँको योगदान तामाङ लोकसंगीत र नेपाली लोकसंगीत क्षेत्रमा अपूरणीय छ। उहाँका अमर गीतहरू सधैं रहिरहने छन्।”
रिपोर्टिङ: सरिता बल तामाङ, थाङ्मीचागु डटकम





