राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
Saturday, July 11, 2026
काठमाडौँको विद्यालय क्यान्टिनमा दोलखाका युवक मृत फेला
काठमाडौँको विद्यालय क्यान्टिनमा दोलखाका युवक मृत फेला
थाङमिचागु डटकम संवाददाता

दोलखा, जिरी नगरपालिका–९ ओलीकाप्टी ठुलोपातल घर भएका २० वर्षीय अभिनास तामाङ काठमाडौँको बौद्धस्थित महेन्द्रबौद्ध माध्यमिक विद्यालयको क्यान्टिनमा मृत फेला परेका छन् ।
प्रहरी वृत्त बौद्धका अनुसार उनी केही महिनादेखि सो विद्यालयको क्यान्टिनमा काम गर्दै आएका थिए । आइतबार बेलुकी क्यान्टिनकै सिलिङमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो ।
घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
घटना शंकास्पद रहेको भन्दै मृतकका आफन्तहरूले विद्यालयका प्रधानाध्यापक र क्यान्टिन सञ्चालकविरुद्ध जाहेरी दिएका छन् । जाहेरीका आधारमा आवश्यक अनुसन्धान र कारबाही अघि बढाइने प्रहरीको भनाइ छ ।




