सिराहामा वडा अध्यक्ष शर्माद्वारा टोलटोलमा सामाजिक सुरक्षा भत्ताको नवीकरण

0Shares

सिराहामा वडा अध्यक्ष शर्माद्वारा टोलटोलमा सामाजिक सुरक्षा भत्ताको नवीकरण

थाङमिचागु डटकम संवाददाता

सिराहा, धनगढीमाई नगरपालिका–१२ – वडा अध्यक्ष जय प्रकाश शर्माले सामाजिक सुरक्षा भत्ताको नवीकरण कार्यलाई सजिलो र पहुँचयोग्य बनाउने उद्देश्यका साथ टोलटोलमै सेवा प्रदान गर्न थालेका छन्।

वडाका वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, एकल महिला लगायतका लाभग्राहीहरूले कार्यालयसम्म पुग्न नसक्ने अवस्था देखिएपछि अध्यक्ष शर्माले घरदैलोमै पुगेर भत्ताको नवीकरण गर्ने पहल सुरु गर्नुभएको हो।

उक्त पहलको बारेमा अध्यक्ष शर्माले भन्नुभयो,
“बृद्ध, अपाङ्ग, एकल महिलाहरूलाई कार्यालयसम्म आउन गाह्रो हुने भएकाले हामी टोलटोलमै पुगेर नवीकरण गरिरहेका छौं।”

यस अभियानले विशेषगरी उमेरले थलिएका तथा अशक्त लाभग्राहीहरूलाई ठूलो राहत दिएको छ। स्थानियवासीहरूले अध्यक्ष शर्माको जनमैत्री कार्यको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन्।

यस पहलले न केवल सामाजिक सुरक्षा भत्ता प्रणालीलाई प्रभावकारी बनाएको छ, तर स्थानीय सरकार नागरिकमुखी हुन सक्ने उदाहरण पनि प्रस्तुत गरेको छ।

✍️ रिपोर्ट: विनोद अविरल, भदौ १६, सिराहा

Leave a Reply

Your email address will not be published. Required fields are marked *