राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
Saturday, July 11, 2026
मलेसियामा रोल्पाली सेवा समाजद्वारा दशैं विशेष कार्यक्रम हुने
मलेसियामा रोल्पाली सेवा समाजद्वारा दशैं विशेष कार्यक्रम हुने
थाङमिचागु डटकम संवाददाता

जोहोरबारु – रोल्पाली सेवा समाज, मलेसियाले आगामी सेप्टेम्बर २८ तारिख आइतबार (फूलपाती अघिल्लो दिन) जोहोरबारुको JO HOTEL मा भव्य कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रम अन्तर्गत “दशैं विशेष कार्यक्रम २०८२” तथा क्षेत्रीय समिति जोहोरको प्रथम वार्षिकोत्सव समारोह सम्पन्न गरिने छ। सो अवसरमा विविध सांस्कृतिक प्रस्तुति, सहयोगी दाताहरूलाई सम्मान गर्ने कार्यक्रम तथा रोल्पाका धार्मिक एवं ऐतिहासिक स्थलहरूको फोटो सो समेत रहने जनाइएको छ।
आयोजक समाजले मलेसियामा बसोबास गर्ने सम्पूर्ण रोल्पाली तथा गैर–रोल्पाली नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई सहयोग र साथ प्रदान गर्न हार्दिक आग्रह गरेको छ।




