मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
सुलेमानी सर्चिनरमा तीज विशेष कार्यक्रम सम्पन्न
सुलेमानी सर्चिनरमा तीज विशेष कार्यक्रम सम्पन्न
थाङमिचागु डटकम संवाददाता

इराक – हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा नेपाली महिला समाज कुर्दिस्तान इराकको आयोजनामा शुक्रबार सुलेमानी सर्चिनरस्थित मेला सभा हलमा छैटौं प्रस्तुति तीज विशेष कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम समाजकी अध्यक्ष शोभा भुजेलको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रवासी नेपाली एकता समाज अर्बिलका अध्यक्ष सलामसिंह तामाङ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै, गैर आवासीय नेपाली संघ इराक आईसीसी सदस्य राजिव थिङ, गौरीशंकर सिन्धुपाल्चोक कुर्दिस्तान समाजका अध्यक्ष मेघराज लामा, नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकका संस्थापक अध्यक्ष च्याङ्गबा लामा दोङ तामाङ, प्रमुख सल्लाहकार श्याम मम्बा, महासचिव सरिश डिम्डुङ तामाङ, भीआइपी तामाङ युनिटी अर्बिलका प्रतिनिधि लगायतको विशेष आतिथ्यता रहेको थियो।
समाजकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक जेनिशा बम्जन तामाङले स्वागत मन्तव्य राख्नुभयो भने महासचिव माया स्याङतान तामाङले कार्यक्रम सञ्चालन गर्नुभयो।
कार्यक्रममा नाचगान, शुभकामना आदानप्रदानलगायतका विविध प्रस्तुतिहरू गरिएको थियो। कार्यक्रममा इराकमा कार्यरत महिला दिदीबहिनी, दाजुभाइ, विभिन्न संघसंस्थाका प्रतिनिधि, नेपाली महिला समाजका संस्थापक अध्यक्ष सानु शेर्पा, संस्थाका सदस्यलगायतको उल्लेख्य उपस्थिति रहेको समाजले जनाएको छ।





