राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
प्रवासमै माइतीको अनुभूति: NRNA जोहोरद्वारा तीज कार्यक्रम सम्पन्न
थाङ्मीचागु डटकम सम्बादाता भदौ ०८ आइतबार २०८२

जोहोर बारु, मलेसिया। हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा गैर-आवासीय नेपाली संघ क्षेत्रीय समिति जोहोर बारुले आयोजित दर खाने तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

२४ अगस्ट आइतबार इम्पियाना नुसाजया (Impiana Nusajaya) मा सम्पन्न कार्यक्रमको सभापति समिति अध्यक्ष वेदना श्रेष्ठ रहनु भएको थियो भने प्रमुख अतिथि व्यवसायी सपना गुरुङ हुनुहुन्थ्यो। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो।

तीजलाई विशेष बनाउन महिला दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा करिब तीन सय जना सहभागी भएका थिए, जसमा दुई सयभन्दा बढी महिला सहभागी थिए।

कार्यक्रमलाई रंगिन बनाउन स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहेको थियो। दर खाएर दिदीबहिनीहरूले नेपाली संगीतमा छमछमी नाच्दै कार्यक्रमलाई झनै भव्य र रमाइलो बनाएका थिए।

सहभागीहरूले प्रवासमै नेपाली नारीहरूको लागि माइतीझैँ कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए। उनीहरूले प्रवासमा पनि परिवारसंगै चाडपर्व मनाएको अनुभूति दिलाएको बताए।

आयोजक समितिले यस कार्यक्रम प्रवासमा रहेका नेपालीहरूबीच एकता, सामाजिक सद्भाव, दुख–सुखको आदान–प्रदानसँगै धर्म–संस्कृति प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको जनाएको छ।

थाङ्मीचागु डटकम




