राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
कुर्दिस्तानमा नेपाली महिला समाजद्वारा छैटौँ तिज विशेष कार्यक्रम अगस्ट २९ मा
कुर्दिस्तानमा नेपाली महिला समाजद्वारा छैटौँ तिज विशेष कार्यक्रम अगस्ट २९ मा
थाङमिचागु डटकम संवाददाता

कुर्दिस्तान, इराक — नेपाली महिला समाज कुर्दिस्तान, इराकको आयोजनामा “नेपाली नारीहरुको महान चाड तिज हाम्रो विशेषता, हरेक नारीहरुको सुख–दुःखमा नेपाली महिला समाज एकता” भन्ने मूल नारासहित छैटौँ तिज विशेष कार्यक्रम–२०२५ आयोजना हुने भएको छ।
आयोजकका अनुसार कार्यक्रम आगामी २०२५ अगस्ट २९ गते शुक्रबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ओस्कर हल नजिक सचिनाल मेल्ला हल, सुलेमानीमा हुने छ।
नेपाली महिला समाज कुर्दिस्तानकी महासचिव माया स्याङतान तामाङले विगतका वर्षझैँ यस वर्ष पनि स्थानीय विभिन्न संघ–संस्था, कलाकार र सरोकारवालाहरूको सहभागितामा कार्यक्रम आयोजना गरिने बताइन्। कार्यक्रममा नेपाली महिला समाज कुर्दिस्तान सुलेमानीका अध्यक्ष शोभा भुजेलको सभाध्यक्षता रहनेछ।
यस कार्यक्रममार्फत परदेशमा रहेका नेपाली महिलाबीच एकता, आपसी सद्भाव र सांस्कृतिक पहिचानको संरक्षणमा योगदान पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।




