भैरव कुमारी जात्रा पूर्व वाईसीएलद्वारा दोलखा बजार सरसफाइ अभियान

0Shares

भैरव कुमारी जात्रा पूर्व वाईसीएलद्वारा दोलखा बजार सरसफाइ अभियान

थाङमिचागु डटकम संवाददाता

माओवादी केन्द्रको भातृ संगठन वाईसीएल नेपाल, दोलखा तथा भीमेश्वर नगरपालिकाका वडा नम्बर दुई कमिटीको संयुक्त आयोजनामा ऐतिहासिक दोलखा बजारमा सरसफाइ गरिएको छ।

बुधबार भैरव–कुमारी जात्रा लाग्ने मार्गको सरसफाइ गरिएको हो। वर्षा यामका कारण झारले ढाकिएको बाटो सफा गरी व्यवस्थित गरिएको नेकपा माओवादीका युवा नेता अजय प्रधानले जानकारी दिए।

कार्यक्रममा स्थानीय बासिन्दा र पार्टी कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो। आयोजकका अनुसार, सरसफाइले जात्रा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *