बाढीपछि अवरुद्ध देवीघाटमा सेनाले बनायो पुल पर्सिदेखि सवारी चल्ने
2026-09-10ग्यास उद्योगमाथि उद्योगमन्त्री यादवको कडा प्रहार ५८ वटा उद्योग आवश्यक छैन
2026-09-10
Thursday, September 10, 2026
मलेसिया ओपनमा तीन स्वर्णसहित चम्किएको नेपाली तेक्वान्दो टोलीलाई दूतावासद्वारा सम्मान
मलेसिया ओपनमा तीन स्वर्णसहित चम्किएको नेपाली तेक्वान्दो टोलीलाई दूतावासद्वारा सम्मान
सोमबार, साउन २६, २०८२
संवाददाता थाङ्मीचागु डटकम
क्वालालम्पुरस्थित नेपाली राजदूतावासले मलेसियामा सम्पन्न आठौं जेविन मलेसिया ओपन तेक्वान्दो प्रतियोगितामा सहभागी नेपाली टोलीलाई सोमबार सम्मान गरेको छ।
राजदूत डा. नेत्र प्रसाद तिम्सिनाले उत्कृष्ट निर्णायक बनेका अशोक खड्कासहित चार खेलाडी र अन्य अफिसियल गरी १० जनालाई सम्मान प्रदान गरे।
प्रतियोगितामा केनिश खड्का, गोविन्द योन्जन तामाङ र आयुश बोहरा स्वर्ण पदक, तथा सन्दीप बस्नेतले रजत पदक जितेका थिए।
टोलीमा प्रशिक्षक श्रीकृष्ण खड्का, म्यानेजर गणेशबहादुर खड्का, टोली प्रमुख महेन्द्रराज घिमिरे, नेप्लिज फुटबल एसोसिएसन मलेसियाका अध्यक्ष सन्तोष भट्ट र सहजिकरणकर्ता कृष्ण खड्का पनि सम्मानित भए।





