मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
देविका राई (बिनु) आदिवासी महासंघ मलेसियाको महिला उपाध्यक्षमा निर्वाचत
देविका राई (बिनु) आदिवासी महासंघ मलेसियाको महिला उपाध्यक्षमा निर्वाचत
चौथो अधिवेशनबाट आदिवासी महिलाहरूको पक्षमा उठेको बुलन्द स्वर
मिति: २०८२ साउन २० गते | स्थान: मलेसिया
थाङ्मीचागु डटकम विशेष संवाददाता
नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको हालै सम्पन्न चौथो राष्ट्रिय अधिवेशनबाट देविका राई (बिनु) सर्वसम्मत रूपमा महिला उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। समाजसेवा, महिला सशक्तिकरण र सांस्कृतिक संरक्षणमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएकी उहाँको यो निर्वाचनलाई मलेसिया र प्रवासी नेपाली समाजले अत्यन्त सकारात्मक रूपमा लिएको छ।
खोटाङ जिल्ला, दिक्तेल दोर्पामा जन्मनुभएकी राई, बाल्यकालदेखि नै समाज परिवर्तनप्रति समर्पित सोच राख्दै हुर्किनुभएको हो।
“समाजको लागि केही गरेर मर्नु पर्छ” भन्ने अठोट उहाँको जीवनको मूलमन्त्र हो।
उहाँको सामाजिक सक्रियता बाल्यकालदेखि नै देखिन्थ्यो — विद्यालयमा नेतृत्व लिनु होस् वा गाउँमा महिला सशक्तिकरणको कुरा उठाउनु होस्, उहाँ जहिल्यै अग्रपंक्तिमा हुनुहुन्थ्यो।
देविका राई विगत १० वर्षभन्दा बढी समयदेखि मलेसियामा रोजगारीको सिलसिलामा बसोबास गर्दै आउनुभएको छ। तर, विदेशको भूमिमा रहे पनि आफू र आफ्नो समुदायको अस्तित्व, पहिचान र भाषा–संस्कृतिप्रति उहाँको लगाव कहिल्यै घटेन।
उहाँले नेपाली महिला समाज मलेसिया, समुदाय, तथा सांस्कृतिक संघ संस्थाहरूमा आबद्ध भई धेरै कार्यक्रम, अभियान र सचेतना अभिवृद्धि कार्यहरूमा नेतृत्वदायी भूमिका खेल्नुभएको छ।
थाङ्मीचागु डटकमसँगको विशेष कुराकानीमा…
“मूलबासी आदिवासीहरूको हक–अधिकार, अस्तित्व, पहिचान, भाषा र धर्मको उजागर तथा प्रवर्द्धनमा म अझ सक्रिय भएर लाग्नेछु।
नयाँ पुस्ता प्रविधिमैत्री हुँदै गइरहे पनि आफ्नो भाषा, धर्म, संस्कृतिमा चासो नदेखिनु चिन्ताजनक हो। अब समय छ, हाम्रो जरा जोगाउने।”
उहाँको भनाइले स्पष्ट संकेत गर्छ — नेतृत्व अब केवल पदको लागि होइन, जिम्मेवारी
उहाँको समर्पण, इमानदारी, र नेतृत्व क्षमताका कारण धेरै संघसंस्थाहरूले उहाँलाई “कर्मठ, निडर र संस्कृतिप्रेमी” नेतृका रूपमा चिन्ने गरेका छन्।
उहाँको यो निर्वाचनले प्रवासी भूमिमा रहेको हजारौँ आदिवासी नेपाली महिलाहरूमा साहस र प्रेरणा थपेको विश्वास गरिएको छ।





