गैरआवासीय नेपाली संघ मलेसिया 2025–2027 का अध्यक्ष पदका उम्मेदवार राजु तामाङद्वारा एक नेपालीको शव स्वदेश फिर्ता

0Shares

गैरआवासीय नेपाली संघ मलेसिया 2025–2027 का अध्यक्ष पदका उम्मेदवार राजु तामाङद्वारा एक नेपालीको शव स्वदेश फिर्ता

क्वालालम्पुर, मलेसिया — बाँके जिल्ला बैजनाथ गाउँपालिका–६ निवासी ३२ वर्षीय लालबहादुर केसीको मलेसियामा निधन भएको छ। विगत केही समयदेखि अवैधानिक हैसियतमा मलेसियामा कार्यरत उनी साथीको कोठामा गएका बेला छाती दुख्ने गुनासो गरेपछि अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ।

अस्पतालमा निधन भएपछि शव बेवारिसे अवस्थामा जस्तो बनेको थियो। पीडित परिवार र उनका साथीहरूको अनुरोधमा मलेसियामा स्थापित युवा व्यवसायी, RTF फुटबल क्लबका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (NRNA) मलेसिया 2025–2027 का अध्यक्ष पदका उम्मेदवार राजु तामाङले अस्पताल खर्च भुक्तान गर्दै शवलाई स्वदेश फिर्ता गराउने व्यवस्था मिलाएका छन्।

राजु तामाङले जानकारी दिँदै भने, “कुनै पनि नेपाली नागरिकको विदेशी भूमिमा मृत्यु हुनु दुखद हो। शव स्वदेश नपुगे परिवारमा झनै पीडा थपिन्छ। त्यसैले मैले सक्दो पहल गरी शव फिर्ताको जिम्मेवारी लिएको हुँ।”

थुप्रै सामाजिक कार्यमा सक्रिय रहँदै आएका तामाङले विगतदेखि नै आपत परेका नेपालीहरूलाई सहयोग गर्दै आएका छन्। उनले यस घटनामा साथ र सहयोग गर्ने मलेसियास्थित नेपाली दूतावास, अस्पताल प्रशासन र सबै सरोकारवालालाई धन्यवाद दिँदै समयमै सजग रहन पनि अनुरोध गरेका छन्।

स्व. लालबहादुरको शव भोलि नै नेपाल पठाई परम्परागत दाहसंस्कार गरिने जानकारी राजु तामाङले दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *