हिमाल कलेज अफ म्यानेजमेन्टमा दोस्रो चरणको छात्रवृत्ति परीक्षा आइतबारबाट सुरु

0Shares

हिमाल कलेज अफ म्यानेजमेन्टमा दोस्रो चरणको छात्रवृत्ति परीक्षा आइतबारबाट सुरु

थाङमिचागु डटकम संवाददाता

पोखरा, असार २१ — पोखरास्थित हिमाल कलेज अफ म्यानेजमेन्टले आगामी आइतबारदेखि दोस्रो चरणको छात्रवृत्ति परीक्षा सुरु गर्ने भएको छ।

कलेजले यसअघि सञ्चालन गरेको पहिलो चरणको छात्रवृत्ति परीक्षा सफलतापूर्वक सम्पन्न गरिसकेको छ, जहाँ सहभागी विद्यार्थीहरूले २० देखि १०० प्रतिशतसम्म छात्रवृत्ति प्राप्त गरेका थिए। दोस्रो चरण अन्तर्गत आइतबारदेखि हरेक दिन छात्रवृत्ति परीक्षा सञ्चालन हुने कलेजले जनाएको छ।

दोस्रो चरणमा सहभागी हुने विद्यार्थीहरूले पनि २० प्रतिशतदेखि १०० प्रतिशतसम्म छात्रवृत्ति प्राप्त गर्ने अवसर पाउने छन्। छात्रवृत्तिको छनोट प्रक्रिया Confidence Level, सामान्य परीक्षा तथा अभिव्यक्ति शैली लगायतका पक्षहरूका मूल्याङ्कनका आधारमा गरिनेछ।

व्यवसायिक तथा व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित हिमाल कलेज अफ म्यानेजमेन्टमा Management, Hotel ManagementComputer Science जस्ता विषयहरूमा विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय आकर्षण देखिएको कलेजले जनाएको छ।

कलेजले एसइइ परीक्षा दिएर भविष्य निर्माणको बाटो खोजिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको हो।

“पहिलो चरणमा छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरूको संख्या नै कलेजप्रतिको विश्वास र गुणस्तरको प्रमाण हो,” कलेजका प्रतिनिधिले बताएका छन्।

कलेजमा भर्ना तथा छात्रवृत्तिसम्बन्धी सम्पूर्ण जानकारी लिन इच्छुक विद्यार्थी तथा अभिभावकहरूलाई एकपटक कलेजमा आएर जानकारी लिन अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *