राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
दोलखाको खोपाचागुमा ३० दिने सिलाई–कटाई तालिम सफलतापूर्वक सम्पन्न
दोलखाको खोपाचागुमा ३० दिने सिलाई–कटाई तालिम सफलतापूर्वक सम्पन्न
थाङमिचागु डटकम संवाददाता

दोलखा, असार २० — दोलखाको बिगु गाउँपालिका–८, खोपाचागुमा ३० दिने सिलाई–कटाई तालिम आज सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल कपडा तथा सिलाई व्यवसायी संघ दोलखाको समन्वय र उद्योग तथा वाणिज्य कार्यालय दोलखाको आयोजनामा सम्पन्न उक्त तालिममा थामी समुदायकी २५ जना महिलाहरूले सहभागिता जनाएका थिए।
सीप विकास, आत्मनिर्भरता र स्थानीय स्तरमा उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्यसहित सञ्चालित तालिममा सहभागी महिलाहरूलाई सोनि ब्रान्डका गुणस्तरीय सिलाई मेसिन समेत वितरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका सभापति हरिकृष्ण नेपाली, प्रमुख अतिथि ईश्वरकुमार नेपाली, उद्योग कार्यालय दोलखाका प्रतिनिधिहरू, प्रशिक्षक रबिना भुजेल, समाजसेवी विक्रम थामी तथा संघका पदाधिकारीहरूको उपस्थिति रहेको कार्यक्रममा करिब ३५ जना अतिथिहरू सहभागी थिए।
कार्यक्रम सफल बनाउन विशेष भूमिका निर्वाह गर्नु भएका माननीय ठुला थामी र उद्योग कार्यालय दोलखाका प्रमुख भाष्कर ढुंगानाप्रति थामी समुदाय र खोपाचागुका जनताले गहिरो आभार व्यक्त गरेका छन्।
स्थानियवासीहरूले भविष्यमा पनि यस्ता सीपमूलक तालिमहरू निरन्तर सञ्चालन गरियोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।




