राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
नेपाल थामी समाज मलेसियाद्वारा प्रथम थामी संरचनात्मक बैठक कोलालम्पुरमा भव्यताका साथ सम्पन्न
नेपाल थामी समाज मलेसियाद्वारा प्रथम थामी संरचनात्मक बैठक कोलालम्पुरमा भव्यताका साथ सम्पन्न
कोलालम्पुर, जुलाई १३ — नेपाल थामी समाज मलेसियाको आयोजनामा “प्रथम थामी संरचनात्मक बैठक – कोलालम्पुर” भव्य र सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता नेपाल थामी समाज मलेसियाका केन्द्रीय समाजसेवी संयोजक पल ठान्टी थाङ्मी ज्युले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा महासचिव अविरल थाङ्मीको गरिमामय उपस्थिति रहेको थियो भने कोषाध्यक्षज्यू विशिष्ट अतिथिको रूपमा कार्यक्रममा सहभागी हुनुभएको थियो।
कार्यक्रममा पत्रकार साथीहरू तथा थाङ्मी समुदायहरूको उत्साहजनक उपस्थिति उल्लेखनीय रह्यो। बैठकले समाजमा एकता, पहिचान र सहभागितामूलक नेतृत्व विकासमा नयाँ ऊर्जा थपेको अनुभूति गरियो।
बैठकमा नेपाल थामी समाज मलेसियाको नीतिगत संगठन संरचना र आगामी कार्यदिशा सम्बन्धी नीति कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। विशेषतः थामी समुदायको मौलिक भेषभूषा, भाषा, धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई उच्च प्राथमिकता दिनुपर्ने कुरामा सहभागीहरूले जोड दिएका थिए।
यस कार्यक्रमसम्बन्धी सम्पूर्ण जानकारी नेपाल थामी समाज मलेसियाका केन्द्रीय अध्यक्ष सन्तोष ठान्टी थाङ्मी ज्युले थाङ्मी डट कमलाई जानकारी गराउनु भएको थियो।
कार्यक्रमको समापनमा आयोजक समितिले उपस्थित सबै अतिथि, पत्रकार तथा सहभागीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै, आगामी दिनहरूमा अझ प्रभावकारी ढंगले समाजलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको थियो




