सरिता बल तामाङको समन्वयमा थाङ्मीचागु अनलाइन र दोलखा दर्पण न्यूजद्वारा चतुर मान योन्जन बचाउ अभियानमा आर्थिक सहयोग

0Shares

सरिता बल तामाङको समन्वयमा थाङ्मीचागु अनलाइन र दोलखा दर्पण न्यूजद्वारा चतुर मान योन्जन बचाउ अभियानमा आर्थिक सहयोग

थाङमिचागु डटकम संवाददाता

संखुवासभा, असार –०७
१०० प्रतिशत कलेजो क्षति भई हाल भारतको नयाँ दिल्लीस्थित अस्पतालमा उपचाररत संखुवासभा, चैनपुर नगरपालिका–९ निवासी चतुर मान योन्जनको जीवनरक्षा अभियानमा विभिन्न व्यक्ति तथा संस्थाहरूबाट सहयोग जुट्न थालेको छ।

उहाँको उपचार नेपालमा सम्भव नहुँदा भारतमा कलेजो प्रत्यारोपण (Liver Transplant) गर्नुपर्ने अवस्था आएको हो।

यसै अभियान अन्तर्गत,
▶️ थाङ्मीचागु अनलाइन मिडियाबाट रु. ३,०००
▶️ दोलखा दर्पण न्यूज – इराकबाट समेत रु. ३,०००
बराबरको आर्थिक सहयोग “चतुर मान योन्जन बचाउ अभियान” मार्फत औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

उक्त सहयोग संकलन र समन्वयको जिम्मेवारी इराकस्थित सरिता बल तामाङले लिएकी छन्। उनी थाङ्मीचागु अनलाइन मिडिया तथा दोलखा दर्पण न्यूज इराककी प्रतिनिधि हुन्।

यस सहयोगप्रति चतुर मानको परिवार र आफन्तजनले गहिरो आभार व्यक्त गरेका छन्। उनीहरूले अभियानमा अझ धेरै मनकारी हातहरूबाट साथ र सहयोगको अपेक्षा राखेका छन्।

सहयोग गर्न चाहनुहुने महानुभावहरूका लागि आवश्यक बैंक विवरण यसप्रकार छ:

🏦 Bank Code: GLBBNPKA
👤 Account Name: KANCHAN TAMANG
💳 Account Number: 06907010046172

👉 कृपया सहयोग पठाउँदा “Chaturman Yonjan Treatment Support” उल्लेख गर्नुहोस्।

🙏 “तपाईंको सानो सहयोगले एक जीवन जोगिन सक्छ।”
अभियानमा साथ दिइरहनुहुने सबै मनकारी सहयोगीहरूलाई चतुर मान परिवारको तर्फबाट हार्दिक धन्यवाद।

#चतुरमान_योन्जन_बचाउ_अभियान
#थाङ्मीचागु_अनलाइन
#दोलखा_दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *