लहानमा विकास नामक रथको दुई पाङ्ग्रा : एक मेयर महेश चौधरी अर्को वडा अध्यक्ष मनोज कोईराला ।।।

0Shares

लहानमा विकास नामक रथको दुई पाङ्ग्रा : एक मेयर महेश चौधरी अर्को वडा अध्यक्ष मनोज कोईराला ।।।

थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, आषाढ ७, लहान ।
सिराहा जिल्लाको लहान नगरपालिकामा पछिल्लो केही वर्षयता तीव्र गतिमा विकासका गतिविधिहरू विस्तार भइरहेका छन् । नगर प्रमुख महेश प्रसाद चौधरी र समाजसेवी मनोज कोइराला यस विकास यात्राका दुई महत्वपूर्ण अनुहार बन्न सफल भएका छन् । यी दुई पात्रको समन्वय र सक्रियताले लहान नगरवासीको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन मुख्य आधार बनिरहेको छ ।

मेयर महेश चौधरीको नेतृत्वमा लहान नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, ढल व्यवस्थापन लगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । विद्यालय भवन निर्माण, शैक्षिक गुणस्तरमा सुधार लगायतका योजनाले विद्यार्थीहरूमा नयाँ उत्साह भरेको छ ।

सडक विस्तार र मर्मतले नगरका मुख्य बजारदेखि गाउँका टोलसम्म यातायात सजिलो बनाएको छ । हिलाम्मे र धुलाम्मे बाटोमा सास्ती खेपिरहेका नागरिक आज कालोपत्रे सडकमा सजिलै हिँड्न पाउँदा मेयर चौधरीको नेतृत्वको प्रशंसा गरिरहेका छन् । यद्यपि बाँकी रहेका सडकहरूमा कालोपत्रे हुने पक्का छ ।

अर्कोतर्फ लाहान १३ का वडा अध्यक्ष मनोज कोइरालाले वडामा पेयजल व्यवस्था, स्वरोजगार तालिम, छात्रवृत्ति वितरण लगायतका कार्यक्रममा उनको सक्रियता प्रशंसायोग्य छ । उनले समुदायमा पहुँच बढाई नागरिक स्तरबाट राज्य र समाजबीचको पुलको काम गरिरहेका छन् ।

यी दुई नेताको सहकार्य र समझदारीले गर्दा लहान नगरपालिका समग्र प्रदेश २ मा विकासको उदाहरणीय मोडेल बन्न थालेको छ । साना ठूला योजना सञ्चालन गर्दा दुवैले परस्पर समन्वय गर्दै अघि बढ्दा विकास निर्माणमा गतिशीलता देखिएको स्थानीयबासी बताउँछन् ।

मेयर चौधरी भन्छन्, “नगरबासीको साथ र समर्थन नै हाम्रो शक्ति हो । लहान नगरलाई पूर्वाधार सम्पन्न, शिक्षित, स्वास्थ्य सेवामा आत्मनिर्भर बनाउन निरन्तर लागि परिरहेका छौँ ।”
यस्तै, कोइराला भन्छन्, “सामाजिक रूपान्तरण सरकार मात्रले गर्न सक्दैन । हामी नागरिकको जिम्मेवारी पनि उत्तिकै हुन्छ । दलित र विपन्न समुदायको जीवनस्तर उकास्न निरन्तर काम गरिरहेकै छु ।”

सिराहाको लहान आज भौतिक संरचनाले मात्र होइन, समग्र सामाजिक रूपान्तरण र समावेशी विकासको मार्गमा अघि बढिरहेको छ । ‘विकास रथ’का यी दुई पाङ्ग्रा — मेयर महेश चौधरी र समाजसेवी मनोज कोइरालाको दृढ संकल्प र परिश्रमले लहानको आगामी दिन अझ उज्ज्वल हुने विश्वास नगरवासीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *