नाम्सालिङ र कालिन्चोक विकास केन्द्रको सहकार्यमा कालिन्चोक–१ मा कृषकका बोकाहरू निःशुल्क खसी पारियो

0Shares

नाम्सालिङ र कालिन्चोक विकास केन्द्रको सहकार्यमा कालिन्चोक–१ मा कृषकका बोकाहरू निःशुल्क खसी पारियो

थाङमिचागु डटकम संवाददाता

कालिन्चोक, दोलखा – असार ६
कालिन्चोक गाउँपालिका–१ का कृषक समूहका सदस्यहरूले पालेका बोकाहरूलाई निःशुल्क रूपमा खसी पारिएको छ। उक्त कार्य नाम्सालिङ सामुदायिक विकास केन्द्र तथा कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रको सहकार्यमा सम्पन्न गरिएको हो।

कृषकहरूको पशुपालन व्यवसायलाई वैज्ञानिक र व्यावसायिक बनाउन सहयोग पुर्‍याउने उद्देश्यले संचालन गरिएको यस कार्यक्रममा स्थानीय पशु प्राविधिकको सहयोगमा खसी पार्ने कार्य सम्पन्न गरिएको हो।

कार्यक्रममा सहभागी कृषकहरूले यस्ता कार्यक्रमले आफूहरूको लागत घटाउने, पशु स्वास्थ्य सुधार गर्ने र उत्पादन वृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।

“बोकालाई खसी पार्दा मासुको गुणस्तरमा सुधार आउँछ र बजारमा बिक्री पनि सजिलो हुन्छ,” एक कृषकले बताए।

समुदायमा पशुपालन व्यवसायलाई प्रवर्धन गर्न यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने विकास केन्द्रहरूले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *