नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको २०औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

0Shares

नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको २०औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

थाङमिचागु डटकम संवाददाता

क्वालालम्पुर, मलेसिया –
नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको २०औं वार्षिक उत्सव तथा साधारण सभा मलेसियाको राजधानी क्वालालम्पुरमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम क्वालालम्पुरस्थित एभरेस्ट किचेन होटलको सभा हलमा आयोजित गरिएको थियो। कार्यक्रमको अध्यक्षता घेदुङ मलेसियाका अध्यक्ष विक्रम वाइबा तामाङले गरेका थिए भने प्रमुख अतिथिको रूपमा संस्थाका संरक्षक पासाङ पाख्रिन तामाङ उपस्थित थिए।

कार्यक्रममा संघीय प्रमुख सल्लाहकार सदस्य मिलन दोङ तामाङ, सल्लाहकार राजु योन्जन तामाङ, जोहोर क्षेत्र अध्यक्ष मंगल दोङ, सल्लाहकार बिशाल नेगी, व्यवसायी राजकुमार दोङ, व्यवसायी अधिक जिम्बा लगायत मलेसियामा क्रियाशील विभिन्न क्षेत्रका तामाङ समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

सभाले संस्थाको २०८१ सालको वार्षिक प्रगति प्रतिवेदनआय–व्यय विवरण पारित गरेको छ। त्यसैगरी, कार्यक्रमको अवसरमा मलेसियामा रहेर खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका सल्लाहकार राजु योन्जन तामाङ र संस्थाको गतिविधिमा सक्रिय भूमिका निभाउँदै आएका सदस्य पेमा स्याङ्तान तामाङलाई विशेष सम्मान प्रदान गरिएको थियो।

साथै, संस्थामा रिक्त रहेको पदहरूमा नयाँ नियुक्ति गरिएको छ। प्रथम उपाध्यक्षमा ज्ञानध्वज बोम्जन तामाङ, कोषाध्यक्षमा नवराज रुम्बा, र सह–कोषाध्यक्षमा पेमा स्याङ्तान तामाङ मनोनयन गरिएको हो। आगामी वर्षका मुख्य योजनाहरूको सूची पनि सभाले पारित गरेको छ।

संरक्षक पासाङ पाख्रिन तामाङले सन् २००५ देखि हालसम्म संस्थामा योगदान पु‍र्‍याउँदै आएका सबैलाई धन्यवाद दिँदै विगतको तुलनामा संस्था झनै सशक्त बनेकोमा खुशी व्यक्त गरे। आगामी दिनमा संस्थालाई अझ मजबुत र सक्रिय बनाउन आफू पूर्ण सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *