राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
नेवा फाउन्डेसन नेदरल्यान्डको सहयोगमा दिव्यश्वरी माविमा शैक्षिक सामग्री वितरण
नेवा फाउन्डेसन नेदरल्यान्डको सहयोगमा दिव्यश्वरी माविमा शैक्षिक सामग्री वितरण
२५ जेठ सनिवार २०८२
दोलखा, कालिन्चोक –
नेवा फाउन्डेसन नेदरल्यान्डको आर्थिक सहयोगमा, कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रको आयोजनामा सञ्चालित “स्रोत तथा शिक्षामा सामुदायिक अग्रता CARE परियोजना” अन्तर्गत विपन्न परिवारका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
कालिन्चोक गाउँपालिका–१ मा अवस्थित श्री दिव्यश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८ र ९ का विद्यार्थीहरूलाई १/१ दर्जन कापी र केही कलम प्रदान गरिएको हो। नामसालिङ सामुदायिक विकास केन्द्र दोलखाका जिल्ला संयोजक राजन क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षकगण तथा स्थानीय अभिभावकहरूको समेत उपस्थिति रहेको थियो।
शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै संयोजक क्षेत्रीले यस्तो सानो सहयोगले विद्यार्थीहरूको शिक्षामा उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले कालिन्चोक गाउँपालिका–१ को शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक, विद्यार्थी, शिक्षक तथा सम्पूर्ण स्थानीय बासिन्दाहरू मिलेर पहल गर्नुपर्नेमा जोड दिनुभयो।
उक्त सहयोगका लागि विशेष धन्यवाद नेवा फाउन्डेसन नेदरल्यान्डकी Ineke Kroes म्याडम तथा योगी कायस्थलाई दिइएको छ।
कार्यक्रमका बारेमा जानकारी कृषि प्राविधिक अस्मिता बस्नेतले दिनुभएको हो।




