दोलखाको गौरीशंकरमा बोलेरो दुर्घटना, दुईको मृत्

0Shares

दोलखाको गौरीशंकरमा बोलेरो दुर्घटना, दुईको मृत्

थाङमिचागु डटकम संवाददाता

दोलखाको गौरीशंकर गाउँपालिका–४ झ्याँकुको देपुङमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी स्थानीय ४५ वर्षीया फुलमाया शेर्पाको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते भएकी ३२ वर्षीया डोल्मा शेर्पाको उपचारका लागि चरिकोट लैजाँदै गर्दा बाटोमा निधन भएको दोलखा प्रहरी प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो।

घटनामा छिरि शेर्पा सामान्य घाइते भएकी छन्। उनलाई स्थानीय रोल्वालिङ सामुदायिक अस्पताल सिंगटीमा उपचारका लागि लगिएको छ।

दुर्घटनाको कारण र घटनाको थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *