मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मलेसिया आउँदै, नेपाली समाजसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न हुने
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मलेसिया आउँदै, नेपाली समाजसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न हुने
क्वालालम्पुर (मलेसिया), जेठ १९ — जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव यही सन् २०२५ जुन १ (आईतवार) मा मलेसिया आउने भएका छन्।
Hotel Grand Continental, Kuala Lumpur (Jalan Belia, Chow Kit, 50350 Kuala Lumpur, Wilayah Persekutuan) मा आयोजना हुने नेपाली समाज मलेसिया प्रवास समिति गठन तथा नेपालीहरूसँग अन्तरक्रिया कार्यक्रममा अध्यक्ष यादवको प्रमुख उपस्थितिमा कार्यक्रम सम्पन्न हुने कार्यक्रमका मलेसिया संयोजक बिनोद यादवले जानकारी दिनुभयो।
मलेसियालाई कर्मभूमि बनाइ विभिन्न क्षेत्रमा कार्यरत न्यायप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी हुन संयोजक यादवले अनुरोध गर्नुभएको छ। राजनीतिमा रुचि राख्नेहरू मात्र नभई, अध्यक्ष यादवसँग प्रत्यक्ष भेटघाट गर्न चाहने नेपालीहरूले पनि उपस्थित हुन सक्ने उहाँको भनाइ छ।
कार्यक्रममा अध्यक्ष यादवसँगै जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य राजु गुप्ता, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा, तथा विश्लेषक डा. निश्चलनाथ पाण्डे सहितका वरिष्ठ नेताहरूको पनि उपस्थिति रहनेछ।
सांस्कृतिक र मनोरञ्जनात्मक रूपमा समेत विशेष बन्ने उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित नृत्य कलाकारहरू उषा, जोवाना र मायाले सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ।
कार्यक्रममा सहभागी हुन इच्छुक नेपालीहरूलाई बिनोद कुमार यादवसँग ह्वाट्सएपमार्फत +6012-3377943 मा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ।





