मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
रामपुरखापमा भैरोनाथ मन्दिरको शिलान्यास, धार्मिक पर्यटन प्रवर्द्धनको अपेक्षा
रामपुरखापमा भैरोनाथ मन्दिरको शिलान्यास, धार्मिक पर्यटन प्रवर्द्धनको अपेक्षा
थाङमिचागु डटकम संवाददाता

रौतहट जिल्लाको परोहा नगरपालिका–९ रामपुरखापमा भव्य धार्मिक स्थलको रुपमा विकास हुने अपेक्षा गरिएको भैरोनाथ मन्दिरको शिलान्यास गरिएको छ। परोहा नगरपालिकाबाट आउँदो २०८४ सालको स्थानीय तह निर्वाचनमा मेयर पदका लागि तयारी अवस्थामा रहेका अमिन्द्र प्रसाद यादवले औपचारिक कार्यक्रमकाबीच मन्दिरको शिलान्यास गरेका हुन्।
उक्त मन्दिर निर्माणका लागि मधेस प्रदेश सरकारअन्तर्गत वाणिज्य तथा पर्यटन मन्त्रालयको १३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। रामपुरखाप निवासी भुपेन्द्र यादव र उनकी श्रीमती मन्तोरा देवी यादवले नि:शुल्क रुपमा जग्गा दान गरी धार्मिक कार्यमा अग्रसरता देखाएका छन्। उनीहरूले पुजापाठसहित जग्गा दान गरेर स्थानीय धर्म र संस्कृतिप्रति आस्था र योगदान प्रस्तुत गरेका हुन्।
शिलान्यास कार्यक्रममा स्थानीय युवा नेता सचिन्द्र यादव, राजमंगल यादव, नेकपा एसका नेता धिरेन्द्र पटेल, नवलकिशोर यादव, सुधल मुखिया, प्रमोद पटेल, मेघनाथ यादव, चन्देश्वर यादव लगायत वडावासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
यस अवसरमा बोल्दै नेता अमिन्द्र प्रसाद यादवले धार्मिक स्थलहरूको संरक्षण र प्रवर्द्धनमार्फत पर्यटन विकास गर्दै स्थानीय रोजगारी र समृद्धिको सम्भावना उजागर गर्ने बताएका थिए। मन्दिरको निर्माणले केवल धार्मिक महत्व मात्र होइन, स्थानीय स्तरमा आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले भुपेन्द्र यादव दम्पतीप्रति आभार प्रकट गर्दै रामपुरखापमा धार्मिक र सांस्कृतिक जागरण ल्याउने प्रयासको स्वागत गरेका थिए।
भैरोनाथ मन्दिरको निर्माणले रामपुरखाप क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन मद्दत गर्ने विश्वास गरिएको छ।





