सुन्दर दोलखा जिल्ला: हिमाली सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक सम्पदाको संगम

0Shares

सुन्दर दोलखा जिल्ला ।।।

थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, बागमती प्रदेशको दोलखा जिल्ला राजधानी काठमाण्डौबाट करिब १३२ किलोमीटर उत्तर पूर्वमा अवस्थित यस जिल्लाको पूर्वमा रामेछाप र सोलुखुम्वु रहेको छ । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाहरू पछिममा रहेको यस जिल्लाको उत्तरमा तिब्बत तथा दक्षिणमा रामेछाप जिल्ला रहेको छ ।

ऐतिहासिक तथा धार्मिक आस्थाका प्रतिक भीमेश्वर र कालिञ्चोक भगवती मन्दिर रहेको छ ।

, नेपालको प्रमाणिक समय निर्धारण गर्ने गौरीशङ्कर हिमाल, प्रख्यात च्छो-रोल्पा हिमताल, शैल‌ुङ्ग चुचुरा, सर्वोच्च शिखर सगरमाथा जाने स्थल मार्गको प्रवेशद्वार जिरी बजार, आदि प्राकृतिक स्थानहरू रहेका छन ।

प्रसासनीक निकायका रूपमा दुई नगरपालिका भीमेश्वर नगरपालिका र जिरी नगरपालिका रहेका छन । कुल ९ पालिकाहरु रहेको यस जिल्लामा तामाकोशी ,मेलुङ, कालिञ्चोक,विगु, गौरीशंकर, बैतेश्वर र शैलुङ लगायतका गाउँपालिकाहरु रहेका छन ।

जिल्लाको सबैभन्दा उच्च स्थान : गौरीशङ्कर हिमाल मानिन्छ भने होचो स्थानको रूपमा सित्तली बजार रहेको छ ।

सदरमुकाम चरिकोट रहेको यस जिल्लाको करिब ३३ किलोमीटरको दूरीमा विगु गाउँपालिका रहेको छ ।प्रतिनिध सभा निर्वाचन क्षेत्र १ वटा र प्रदेश सभा निर्वाचन क्षेत्र २ वटा रहेको छ ।

दोलखाको अधिकांश भाग उच्च पहाडी भू-भागले ढाकेको हुँदा यहाँको हावापानी ठण्डाशीतोष्ण हो भन्‍न सकिन्छ । हिमाली हावापानी भएको ठाउँमा वर्षभरि नै जाडो हुने र प्राय‌: अधिकांश महिना हिउँ जमिरहेको पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *