राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
हिमालय माविका विद्यार्थी परीक्षा दिनबाट वञ्चित, शिक्षा मन्त्रालयलगायत सम्बन्धित निकायको ध्यानाकर्षण

हिमालय माविका विद्यार्थी परीक्षा दिनबाट वञ्चित, शिक्षा मन्त्रालयलगायत सम्बन्धित निकायको ध्यानाकर्षण
दोलखा, २०८२ वैशाख २५ गते – दोलखा जिल्लाको बिगु गाउँपालिका–८ स्थित हिमालय माध्यमिक विद्यालयमा विद्यार्थी र विद्यालय प्रशासन को बीचमा प्रभावकारी समन्वय को अभाव हुँदा आज एक अत्यन्तै गम्भीर शैक्षिक लापरवाही भएको छ। कक्षा १२ का परीक्षा दिन परीक्षा केन्द्रमा पुगेका २३ जना विद्यार्थीहरू मध्ये करिब ९ जना विद्यार्थीहरू आजको नियमित परीक्षा दिनबाट वञ्चित भएका छन्।
विद्यालयका प्रधानाध्यापक राजकुमार प्रधानले परीक्षा केन्द्रमा पुगेका विद्यार्थीहरूको अवस्थाको बारेमा जानकारी लिन नभ्याएको र विद्यार्थीहरूले पनि विद्यालयको प्रधानाध्यापकसँग आवश्यक जानकारी नलिएको कारण यस्तो घटना घटेको सहजै अनुमान गर्न सकिन्छ। विद्यार्थीहरूले पनि कुन कुन दिन कुन कुन विषयको परीक्षा हुने भन्ने विषयमा चासो नराख्दा आज भएको परीक्षा दिनबाट वञ्चित भएका हुन्। आज हुने परीक्षामा विद्यार्थीहरूले जानकारी नराखेको र परीक्षा छुटेका परीक्षार्थीहरूमध्ये आज परीक्षा हुने कि नहुने रहेछ भनेर परीक्षा केन्द्रमा पुगेर हेर्दा परीक्षा भइरहेको देखेपछि हतारहतार कोठामा आई प्रवेशपत्र लिएर परीक्षा हलमा पुग्दा समय धेरै ढिला भएको कारण केन्द्राध्यक्षले विद्यार्थीहरुलाई परीक्षा हलमा प्रवेश गर्न नदिइएको विद्यार्थीहरूले बताएका छन्।
स्थानीय अभिभावक, विद्यार्थी तथा सामाजिक व्यक्तित्वहरूले यस घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालित परीक्षा आज छुटेको ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पनि अप्ठ्यारो देखिन्छ। ग्रेडवृद्धि परीक्षामा सहभागी हुन परीक्षार्थीहरूले अनिवार्य रुपमा परीक्षामा सहभागी हुनुपर्ने नियम छ । छुटेका विद्यार्थीहरूले अर्को वर्षको परीक्षा कुर्नुपर्ने हुन सक्दछ। परीक्षाको नियम अनुसार यी विद्यार्थीहरू आजको परीक्षामा अनुपस्थित देखिन्छ।
आगामी दिनमा यस्ता घटना नदोहोरियोस् भनेर विद्यालयले पनि विद्यार्थीहरूलाई समयमै जानकारी तथा विद्यार्थीहरु पनि प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने र विद्यालयको सूचनासँग नजिक रहनुपर्ने हुनुपर्ने देखिन्छ




