अपाङ्गता भएका महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले होजियारी बुनाइ तालिमसहित सामाजिक विषयक कार्यक्रम सम्पन्न

0Shares

अपाङ्गता भएका महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले होजियारी बुनाइ तालिमसहित सामाजिक विषयक कार्यक्रम सम्पन्न

दोलखा बैशाख १०, २०८२ — अपाङ्गता भएका व्यक्तिहरुको हकहित, आत्मनिर्भरताको प्रवर्द्धन र सामाजिक समावेशीकरणका लागि “अपाङ्गता महिला सेवा डी ग्रुप” द्वारा एक विशेष कार्यक्रम तथा सीपमूलक तालिमको आयोजना गरिएको छ। कार्यक्रम संस्थाकी अध्यक्ष देवी बस्यलको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थराज खनाल, उपप्रमुख कमला बस्नेत, शिक्षा शाखाका प्रतिनिधि अर्जुन कार्की लगायत सरोकारवाला व्यक्तिहरूको सक्रिय उपस्थिति रहेको थियो।

विशेषगरी अपाङ्गता भएका महिला व्यक्तिहरूलाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले होजियारी बुनाइ सम्बन्धी सीपमूलक तालिम प्रदान गरिएको थियो। सो तालिम प्रशिक्षक पार्वती खड्काद्वारा सञ्चालन गरिएको हो। तालिमले महिलाहरूलाई घरमै बसेर आयआर्जन गर्न सक्ने क्षमता विकास गर्न मद्दत पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, सेवा–सुविधा, र सामाजिक समावेशीकरणमा केन्द्रित छलफलसमेत गरिएको थियो। विभिन्न निकायहरूबीच सहकार्य गरी अपाङ्गता भएका व्यक्तिहरुको जीवनस्तर सुधार गर्ने सुझावहरू पनि प्रस्तुत गरिएको थियो।

कार्यक्रममा सुष्मा दहाल (भा.न.पा.), तामाङ न्युज रेडियोका सञ्चालक, पान्छी खड्का, लक्ष्मी चौधरी, आरती न्यौपाने, सरिता बस्नेत, रीता चौधरी, दिनेशकुमारी श्रेष्ठ, रञ्जना बस्नेतलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमले अपाङ्गता भएका महिलाहरूको सीप, आत्मबल, र सामाजिक उपस्थितिलाई अझ सशक्त बनाउन प्रेरणा दिएको छ।

समाचार स्रोत: थाङ्मीचागु डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *