सलहेस डाँडामा विधिपूर्वक पूजापाठ गर्दै अध्यक्षद्धय ।।।

0Shares

सलहेस डाँडामा विधिपूर्वक पूजापाठ गर्दै अध्यक्षद्धय ।।।

थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, वैशाख २ । सिराहा जिल्ला र उदयपुर जिल्लाको सिमानामा अवस्थित कटारी ५ तथा धनगढीमाई १४ को सलहेस डाँडामा वडा अध्यक्ष अमित ठकुरी र वडा अध्यक्ष मोहन तामाङले संयुक्त रूपमा आ आफ्नो ठाउँबाट सलहेस डाँडामा बाटो निर्माणको कार्य सम्पन्न गरेपछि २०८१ वैशाख १ गते सलहेसको विधिपूर्वक पूजापाठ गर्नु भएको छ ।

सलहेसको मुख्य बासस्थानको रुपमा रहेको सलहेस डाँडामा कटारी ५ भोरले र धनगढीमाई ५ का आम स्थानियहरुको सहभागितामा वडा अध्यक्ष मोहन तामाङले सलहेसको विधिपूर्वक पूजापाठ गरेपछि औपचारिक रूपमा पूजापाठ शुरू भएको थियो ।

सखुवाको वोट जहाँ सुनाखरी फूल समेत रहेको उक्त ठाउँमा सामूहिक रूपमा सबैले सहमति जनाएपछि सलहेस थानको स्थापना गर्दै पूजापाठको लागि समाजसेवी भुवन गिरीले वडा अध्यक्ष मोहन तामाङलाई आग्रह गर्नु भएको थियो ।

प्रत्येक वर्ष मेला लगाउने सहमति भएको सलहेस डाँडामा स्थानीयले भजन गाउँदै सलहेसको पूजापाठ थालेका थिए ।

आयोजित कार्यक्रममा वडा अध्यक्ष अमित ठकुरी पुग्नु भएपछि सहभागी सबैले टिका लगाएर स्वागत गरेका थिए । उक्त ठाउँमा वडा अध्यक्ष अमित ठकुरीले सलहेसको विधिपूर्वक पूजापाठ समेत गर्नु भएको थियो ।
एतिहासिक यात्राको महान कार्य गर्न सफल वडा अध्यक्षद्धय अमित ठकुरी र मोहन तामाङको सडक निर्माण कार्यको लागि आम सबैले आभार व्यक्त गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *