नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
वडा अध्यक्ष अमित ठकुरीको सलहेस सडक निर्माण अभियान सम्पन्न ।।।
वडा अध्यक्ष अमित ठकुरीको सलहेस सडक निर्माण अभियान सम्पन्न ।।।
थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल,चैत्र ३१ । सिराहा जिल्लाको दुर्गम क्षेत्रको रूपमा रहेको सलहेस फेदको बस्तीहरू अमले, गागन सिरानको सलहेस डाँडाको सडक निर्माण कार्य वडा अध्यक्ष अमित ठकुरीले सम्पन्न गर्नु भएको छ ।
अमले दोभानको केही पछिम तर्फ गागन जाने बाटोको केही पक्षीम गएर उत्तर तर्फबाट सीधा सलहेस डाँडासम्म वडा अध्यक्ष अमित ठकुरीले बाटो निर्माण सम्पन्न गरेपछि उदयपुर जिल्ला र सिराहा जिल्लाको सहज आवतजावत सुचारु भएको छ ।
२०८१ चैत्र ३१ गते बाटोको संपूर्ण भौतिक संरचनाको रूपरेखा तयार भएपछि स्थानियको आवत जावतमा सहजता भएको हो ।
अमले दोभानबाट करिब २० मिनेटको पैदल यात्राबाट सलहेस डाँडामा पुग्न सकिने उक्त मार्गको निर्माण सम्पन्न भएपछि उदयपुर र सिराहा जिल्लाको व्यापार ,व्यवसाय लगायत स्थानिय आवस्यकतामा परिवर्तन आउने देखिन्छ ।
केहीदिन अगाडि उदयपुर जिल्लाको मदनभण्डारी लोकमार्ग अन्तर्गत कटारी भोर्ले सडक – सरे सडक निर्माणको सिल्यानास भएपछि स्थानीयमा खुशी छाएको छ ।
पूर्व पश्चिम राजमार्गको स्थानिय जिरोमाईलबाट करिब एक घन्टामा कटारी पुग्न सकिने यो मार्गको निर्माणले पाहाडी जिल्लाहरु खोटाङ, ओखलढुङ्गा, दोलखा, रामेछाप ,सोलु लगायतको जिल्लाहरुमा सहज आवतजावतको वातावरण निर्माण गराउनमा ठूलो महत्व बोकेको छ ।
सडक निर्माणको नजरले भौगोलिक रूपमा विकट रहेपनि सडक निर्माण र मर्मत निरन्तर गर्नु पर्ने भएकोले धनगढीमाईको सम्पूर्ण बजेटको ६० प्रतिशत बजेट धनगढीमाई १४ लाई छुटाएर दीर्घकालीन उपायको खोजी आजको आवश्यता मानिन्छ ।





