नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
“नयाँ वर्षमा शिशिर बुढाथोकीको एकल गजल वाचन : शब्दमा राष्ट्र, प्रेम र पीडा”
२०८२ सालको नयाँ वर्षमा गजलको सुरिलो वर्षा : शिशिर बुढाथोकीको एकल गजल वाचन सम्पन्न
२०८२ वैशाख २, मंगलवार | दोलखा / थाङ्मीचागु डट कम

देश निर्माण युवा समाज नेपालद्वारा आयोजित गजलकार शिशिर बुढाथोकीको एकल गजल वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। राष्ट्रप्रेम, सामाजिक यथार्थ र मायाप्रीति समेटिएका उनका गजलहरू सुनिँदा कार्यक्रम स्थल भावनाले रसाएको थियो।

शुभकामना आदानप्रदानको उद्देश्यले आयोजित कार्यक्रममा शिशिरले सराबी लतदेखि राष्ट्रप्रेमसम्म, युवाको पीडादेखि भ्रष्टाचारविरुद्धको आवाजसम्मका गजलहरू वाचन गरे।
“बिदेसिन बाध्य युवाको कथा बोकेको गजल” सुनिँदा दर्शक भावुक बने भने, भ्रष्टाचारप्रति प्रहार गर्ने शेरहरूमा दर्शकले ताली र वाह-वाहले साथ दिए।

कार्यक्रमको विशेष आकर्षण बनेको थियो शिशिरको शृङ्गारिक गजल जसले सबैलाई मन्त्रमुग्ध बनायो। प्रस्तुत छ त्यो गजल:

जून पनि लजाउँछ तिमीलाई देखेपछी
फूल आफै मगमगाउँछ तिमीलाई देखेपछि
यो नयनले त्यो नयनको जादु कहाँ बुझ्न सक्छ
यो नयन त्यसै रमाउँछ तिमीलाई देखेपछी
लाग्दैन तिमी वाहेक अरू पनि अप्सराहरू छन्
इन्द्र पनि सर्माउँछ तिमीलाई देखेपछी
रङ अनेक, सुगन्ध अनेक, रूप अनेक थरीथरी
प्रेम मिलन सजाउँछ तिमीलाई देखेपछी
अलिअलि लजाउने रूप त्यो मनमोहिनी
धडकन तीव्र गराउँछ तिमीलाई देखेपछी

दोलखामा जन्मेका गजलकार शिशिर बुढाथोकी गजल साहित्यमा एक दशकभन्दा बढी समयदेखि सक्रिय छन्।
हाल ललितपुरमा व्यवसाय गर्दै आएका उनले फुर्सदको समय समाजसेवा र साहित्य सिर्जनामा खर्चिन्छन्।
उनी देशप्रेम, सामाजिक यथार्थ, मानवीय संवेदना र शृङ्गारका भावहरूलाई गजलमार्फत सशक्त रूपमा अभिव्यक्त गर्छन्।

हालै बजारमा आएको उनको गजल संग्रह ‘ममताको तरङ्ग’ पाठकहरूले अत्यन्त रुचाएका छन्।
शिशिर बुढाथोकीजस्ता सर्जकहरू समाजका लागि प्रेरणाको स्रोत हुन्, जसले शब्दमार्फत युगको भावनालाई बोलाउँछन्।






