मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
अनेमसंघ दोलखा: भीमेश्वर-८ बोचमा दोस्रो वडा सम्मेलन सम्पन्न
अनेमसंघ दोलखा: भीमेश्वर-८ बोचमा दोस्रो वडा सम्मेलन सम्पन्न
दोलखा, २०८१ चैत १० – अखिल नेपाल महिला संघ (अनेमसंघ) भीमेश्वर नगरपालिका वडा नं. ८ बोचको दोस्रो वडा सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम अनेमसंघ वडा कमिटी अध्यक्ष अन्जु बस्नेतको अध्यक्षता एवं अनेमसंघ बागमती प्रदेश कमिटी सदस्य पार्वती खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
सम्मेलनमा विशेष अतिथिको रूपमा नेकपा (एमाले) उपसचिव कमला बस्नेत, अनेमसंघ जिल्ला कमिटी अध्यक्ष मेनुका सुवेदी, पार्टी जिल्ला कमिटी सदस्य पूर्णिमा खरेल, नेकपा (एमाले) नगर कमिटी अध्यक्ष भोला खतिवडा, उपसचिव रमेश बस्नेत, रिटर्नी फेडेरेसन बागमती सदस्य केशव थापा, नेकपा (एमाले) वडा कमिटी अध्यक्ष नकुल केसी लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि पार्वती खड्काले सम्मेलनलाई सम्बोधन गर्दै अनेमसंघले महिला हकहित, समानता र समाज परिवर्तनका लागि खेलेको भूमिकाबारे चर्चा गर्नुहुँदै संगठनको मजबूतीका लागि वडा तहसम्म सशक्त कमिटी निर्माण गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले पार्टी र संगठनलाई जनताको घरदैलोमा पुर्याउँदै महिलाहरूलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो।
विशेष अतिथिहरूले अनेमसंघले महिला सशक्तीकरण, सामाजिक न्याय, र लैंगिक समानताका लागि पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै संगठनलाई अझ बलियो बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे।
सम्मेलनले प्रनिसा थापाको अध्यक्षतामा १३ सदस्यीय अखिल नेपाल महिला संघ वडा कमिटी निर्वाचित गरेको छ।
(समाचार स्रोत: अनेमसंघ बागमती प्रदेश कमिटी सदस्य पार्वती खड्का)




