शीर्ष नेताहरूबीच भेटवार्ता, राष्ट्रिय सहमतिको सरकारबारे छलफल हुने संभावना

0Shares

शीर्ष नेताहरूबीच भेटवार्ता, राष्ट्रिय सहमतिको सरकारबारे छलफल हुने संभावना

थाङमिचागु डटकम संवाददाता

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार भेटवार्ता भएको छ।

जनतासँग माओवादी, तराई–मधेश जागरण अभियानअन्तर्गत केही समय काठमाडौं बाहिर रहेका प्रचण्ड आइतबार काठमाडौं फर्किएपछि तीन शीर्ष नेताहरूबीचको छलफल तय भएको हो।

भेटवार्तामा समसामयिक राजनीति, पछिल्लो समय विकसित भएका प्रतिगामी हर्कत, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति लगायतका विषयमा छलफल हुने बताइएको छ।

तीन नेताहरूको छलफलमा राष्ट्रिय सहमतिको सरकार बनाउने विषय समेत उठ्ने संभावना रहेको छ। राजावादी शक्तिहरूको पछिल्लो गतिविधिले गणतन्त्र समर्थक दलहरूबीच एकता आवश्यक रहेको महसुस गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *