मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
धरान बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकीय लापरबाहीका कारण नवजात शिशुको मृत्यु प्रकरणमा छलफलको तयारी
धरान बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकीय लापरबाहीका कारण नवजात शिशुको मृत्यु प्रकरणमा छलफलको तयारी
धरान उपमहानगरपालिका-१५, च्याम्जोङ पथ निवासी विक्रम श्रेष्ठ र सबिना प्रधानको नवजात शिशुको निधन चिकित्सकीय लापरबाहीका कारण भएको भन्दै पीडित परिवारले दोषी चिकित्सक तथा नर्सहरूविरुद्ध कानूनी कारबाहीको माग गर्दै आएका छन्। नवजात शिशुको मृत्युपछि पीडित परिवारले अस्पताल प्रशासन, स्थानीय जनप्रतिनिधि, मानव अधिकारकर्मी तथा सम्बन्धित निकायलाई दोषीमाथि कडा कारबाहीका लागि दवाब दिँदै आएका छन्।
पीडित पक्षको मुख्य माग दोषी चिकित्सक तथा नर्सहरूको मेडिकल लाइसेन्स खारेज गर्ने, कानूनी कारबाही अघि बढाउने तथा उचित क्षतिपूर्ति दिलाउने रहेको छ। यो घटनालाई गम्भीर रूपमा लिएर अस्पताल प्रशासन, धरान उपमहानगरपालिका, नेपाल चिकित्सक संघका प्रतिनिधि, कानूनी परामर्शदाता तथा पीडित परिवारबीच छलफल गर्न सहमति जुटेको छ।
यसै सन्दर्भमा, भोलि बिहान ९ बजे बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासनमा आधिकारिक छलफल हुने तय भएको छ। छलफलमा अस्पताल प्रशासनले घटनाबारे स्पष्ट विवरण दिने, सत्यतथ्य बाहिर ल्याउने, दोषीमाथि अनुशासनात्मक तथा कानूनी कारबाहीको मार्ग पहिल्याउने, साथै पीडित परिवारलाई न्याय दिने सम्भावित उपायहरूबारे छलफल गरिनेछ।
यो बैठकमा निष्पक्ष छानबिन हुने र न्यायसंगत निर्णय आउने आशा गरिएको छ। यदि छलफलबाट कुनै ठोस निष्कर्ष निस्केन वा पीडित पक्षको माग सम्बोधन भएन भने आगामी दिनमा थप कडा आन्दोलन हुन सक्ने संकेतसमेत देखिएको छ। घटनाको निष्पक्ष छानबिन र उचित न्यायका लागि आम सर्वसाधारण, सामाजिक अभियन्ता तथा मानव अधिकारकर्मीहरूले समेत चासो देखाएका छन्।
सम्बन्धित पक्षहरूबीच हुने छलफलले पीडित परिवारलाई न्याय दिन कस्तो कदम चाल्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ।





