मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
काठमाडौँ सुकेधारामा हत्या दोलखाका विराट ठकुरी पक्राउ
काठमाडौँ सुकेधारामा हत्या दोलखाका विराट ठकुरी पक्राउ
थाङमिचागु डटकम संवाददाता

काठमाडौँ, १८ फागुन – काठमाडौँको सुकेधारामा मृत फेला परेका ओखलढुंगाका एक व्यक्तिको हत्या आरोपमा दोलखाको मेलुङ गाउँपालिका–६ निवासी विराट ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले भक्तपुरबाट पक्राउ गरेको हो।
लागुऔषध विवादले हत्या
ओखलढुंगाका ५० वर्षीय अडवीर राई विहिबार सुकेधारामा मृत फेला परेका थिए। प्रहरीले प्रारम्भिक अनुसन्धानपछि हत्या भएको आशंका गर्दै अनुसन्धान अघि बढाएको थियो। राईको शव फोहोरको थुप्रोमा पुरिएको अवस्थामा भेटिएको थियो, जसको टाउको, निधार, र नाकमा धारिलो हतियार प्रहारका गहिरा चोट थिए।
प्रहरीका अनुसार, घटनास्थल नजिकैको सिसिटिभी फुटेज विश्लेषण गर्दा राईको हत्या गरिएको पुष्टि भएपछि अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानकै क्रममा ठकुरी पक्राउ परेका हुन्। प्रारम्भिक बयानमा उनले लागुऔषधको विषयमा विवाद हुँदा हत्या गरेको स्वीकारेका छन्।
थप अनुसन्धान जारी
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। पक्राउ परेका ठकुरीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ। यस घटनाले उपत्यकामा आपराधिक गतिविधि बढ्दै गएको संकेत गरेको भन्दै प्रहरीले सुरक्षा रणनीति कडा पार्ने जनाएको छ।




