मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
धनगढीमाईको नैंनपुर अस्पतालमा विजय लघुवित्तको सहयोगमा ३ दिने स्वास्थ्य शिविर ,स्थानीयले लिए लाभ ।।।
धनगढीमाईको नैंनपुर अस्पतालमा विजय लघुवित्तको सहयोगमा ३ दिने स्वास्थ्य शिविर ,स्थानीयले लिए लाभ ।।।
थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, सिराहा १६ फागुन । सिराहा जिल्लाको धनगढीमाई ९ स्थित नैंनपुर अस्पताल परिसरमा विजय लघुवित्त वित्तीय संस्थाको सहयोगमा आफ्ना ग्राहक सदस्यहरुलाई लक्षित गर्दै स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
शिविरमा खासगरी महिलाहरूमा लुकेर रहेको विभिन्न प्रकारका क्यान्सर रोगको प्रारम्भिक पहिचान गर्ने तथा रोकथाम गर्न नागरिक सचेत गराउने उद्देश्यका साथ ३ दिने स्वास्थ्य शिविर आयोजना गरिएको स्वास्थ्यकर्मीहरुले बताएका छन ।
अस्पताल परिसरमा औपचारिक रूपमा उद्दघाटन गरी सञ्चालन गरिएको शिविरमा मुुलतः महिलाहरुमा हुने पाठेघरको क्यान्सरको प्रारम्भिर परिक्षण सँगै नाक, कान, घाटीसहित स्त्री रोग सम्बन्धी सेवा सञ्चालन गरेपछि आम नगरबासीहरु लाभाञ्चित भएका छन् ।
फागुन १५ देखि १७ गते ३ दिनसम्म लागातार चल्ने स्वास्थ्य शिविरको उद्घाटनसँगै करिब २ सय स्थानीय महिलाले स्वास्थ्य जाँच पहिलो दिन गराएका हुन । स्वास्थ्य शिविर उद्घघाटन कार्यक्रममा बोल्दै नगरका जनप्रतिनिधिहरुले विजय लघुवित्तले सञ्चालन गरेको शिविरबाट धनगढीमाईका ग्रामीण क्षेत्र र दुर्गम क्षेत्रका आम महिलादिदिबहिनीहरु प्रत्यक्ष्य लाभआन्छित भएको बताएका छन ।
संक्षिप्त कुराकानीमा विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बसन्तराज लम्सालले यस ” संस्थाले वित्तीय सेवामात्रै नभएर समय – समयमा सामाजिक कार्यहरु समेत गर्दै आएको भन्दै विगतमा पनि आफूहरुले यस्ता स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको ” बताउनु भएको छ ।
स्वास्थ्य शिविरको सञ्चालन पूर्व डा. बिवेक कँडेल र अयोध्या पाठकले शिविरमा उपलब्ध हुने प्राविधिक पक्षबारे जानकारी गराउनु भएको थियो ।
स्वास्थ्य शिविर सञ्चालनका लागि विजय लघुवित्तले विपि कोइराला मेमोरियल क्यानसर अस्पताल भरतपुर र धनगढीमाई नगरपालिकाबीच समन्वय गरी आर्थिक सहयोग जुटाएको हो ।





