नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दाेलखाकाे अध्यक्षमा किशाेर दाहाल सर्वसम्मत

0Shares

किशोर दहालको नेतृत्वमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाको नयाँ  जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ ।
माघ १६ गते शहिद दिवसकाे दिन बिहीबार चरिकोटमा उद्घाटन भएकाे १४ औं जिल्ला अधिवेशनको बन्दसत्रले किसाेर  दहालको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको खुल्ला उपाध्यक्ष कुमार गुरुङ, महिला उपाध्यक्ष पम्फामाया श्रेष्ठ, सचिव भरत केसी, सह–सचिव अम्बिका कुमारी कार्की, कोषाध्यक्ष प्रदिप कुमार सुवेदी, सह–कोषाध्यक्षमा गीता बस्नेत रहनु भएको छ ।त्यसै गरी
अधिवेशनले राष्ट्रिय महाधिवेशन प्रतिनिधिको रुपमा रणकाजी तामाङ र राधा बस्नेतलाई चयन गरेको छ । साथै प्रदेश प्रतिनिधिको रुपमा कुमार जिरेल, सुन्दर पाण्डे, यज्ञराज खतिवडा, उमेश शिवाकोटी, बालकृष्ण मल्ल ठकुरी, सुरेश गेलाल, विदुर सापकोटा, अल्पना खड्का, उर्मिला थापा, सरिता खड्का र कविता भुजेल चयन भएका छन् ।
नव निर्वाचित जिल्ला समितिका पदाधिकारीहरुलाई नेकपा एमालेका दाेलखा जिल्ला ईन्चार्ज पार्वत गुरुङले फुलमाला लगाएर बधाई शुभकामना दिनुहुदै  तमाम शिक्षकहरु आफ्नाे पेशाप्रति कर्मशील हुँदै शैक्षिक विकासमा लाग्न सुझाव  दिनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *